सल्यान, ११ बैशाख ।
सल्यान उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा प्रमाण पत्र वितरण सम्पन्न भएको छ । शनिवार सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुको लागि मंगलबार उद्योग बाणिज्य संघको हल श्रीनगरमा सपथ ग्रहण सँगै प्रमाण पत्र वितरण कार्य सम्पन्न भएको हो ।
नवनिर्वाचित समितिलाई निर्वाचन संयोजक वीर बहादुर सेजवालले सपथ ग्रहण गराउनुभएको हो । नयाँ कार्यसमितिका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजेन्द्र कुमार थापा, वाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारी, उद्योग उपाध्यक्ष पलविर नेपाली, महासचिव मोहन सारु, सचिव रन बहादुर खड्का र कोषाध्यक्ष नरेन्द्र बुढा मगरले सपथ ग्रहण गर्नुभएको छ ।
यस्तै महिला सदस्य हिरा चन्द, बिमला गिरी, गिता घर्ती, दलित सदस्य प्रकाश परियार, जनजाती सदस्य हरी बहादुर गुरुङ, अल्पसंख्यक सदस्य मुस्तपा मिया र खुला सदस्यहरु गोफलो वली, चन्द्र बहादुर राना, बिरजंग वली, छबिलाल बिसी, बिर बहादुर डाँगी, लिलाधर शर्मा, टोप बहादुर वली तथा बस्तुगत सदस्य लाल बहादुर खत्रीले पनि सपथ ग्रहण गर्नुभएको हो ।
यस्तै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । सपथ ग्रहण कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका कर्णाली प्रदेश उपाध्यक्ष सुधन श्रेष्ठले जिल्लाको विकास र समृद्धिका लागि आर्थिक क्षेत्रलाई चलायमान बनाउदैँ व्यवसायिकै हितमा हुने गरि काम गर्न सुझाव दिनुभयो । उहाँले घुमन्ते व्यापारीका कारण सटर थापेर बसेका व्यवसायि मारमा परेकाले सबै व्यवसायिको गुणासोलाई ग्रहण गर्दै उद्योग बाणिज्य संघलाई साझा संस्थाको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ सल्यानका सचिब टिकाराम भण्डारीले सबै व्यवसायिलाई एकताबद्ध बनाएर अघि बढ्न सुझाव दिनुभयो । निर्वाचन संयोजक सेजवालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन सदस्य रञ्जित कुमार राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममको सहजीकरण अधिबक्ता डम्बर वलीले गर्नुभएको थियो ।
सपथ ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नयाँ नेतृत्वका लागि दुई समुह बनाएर निर्वाचनमा गएपनि अव भने सबै उद्योगी व्यवसायिहरुलाई समेटेर अघि बढ्ने बताउनुभयो । निर्वाचनको अवधिमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै उहाँले निष्पक्ष र पारदर्शी भएर संस्थागत हितका लागि काम गर्न आफुहरु प्रतिवद्ध भएको बताउनुभयो ।