सल्यानको लेखपोखरामा आगलागीका कारण ८ घरगोठ जलेर नष्ट

आगलागीका कारण केही बस्तुभाउ समेत जलेर मरेका छन् । जिल्लाका अरु वनक्षेत्रमा लागेको आगो पनि अझै नियन्त्रणमा आउन सकेको छैन् ।

सल्यान, १९ बैशाख ।
सल्यानको लेखपोखरामा बनमा लागेको आगो बस्तीमा पस्दा ८ घरगोठ जलेर नष्ट भएका छन् । सामुदायिक वनमा लागेको डढेलो फैलिएर बस्तीमा पुग्दा जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं ५ दियार गाउँमा आज ५ घर र ३ गोठ डढेलोले जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दिउँसो महेन्द्र बहुमुखी सामुदायिक बनमा लागेको डढेलो सल्कदै गाउँसम्म पुग्दा स्थानीयहरुको घर तथा गोठहरुमा क्षति पुर्याएको हो । जिल्ला प्रहरीका अनुसार छत्रेश्वरी ५ दियारगाउँ बस्ने थल बहादुर घर्तिको कच्ची घर, मोहन वलीको २ वटा कच्ची घर, टोकाराम वलीको कच्ची घर, प्रेम वलीको कच्ची घर तथा सर–सामानहरु जली पूर्ण रुपमा नष्ट भएको छ । यस्तै सोही ठाउँ निवासी धन बहादुर घर्ती, शेर बहादुर वली र खुम बहादुर वलीको गोठ पनि जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगलागीका कारण केही बस्तुभाउ समेत जलेर मरेका छन् । जिल्लाका अरु वनक्षेत्रमा लागेको आगो पनि अझै नियन्त्रणमा आउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस