सल्यानको रिममा आइतबार देखी सुरु हुने १४ औँ राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

सल्यान, २० माघ ।
आइतबार देखी सल्यानको रिममा सुरु हुने १४ औँ राष्ट्रपति रनिङ शिल्डको सम्पुर्ण तयारी पुरा भएको छ । विहान ११ वजे शिल्डको उद्घाटन गर्ने गरि आवश्यक सम्पुर्ण तयारी पुरा भएको जिल्ला खेलकूद विकास समिती सल्यानले जनाएको छ । करिब एक हजार खेलाडी सहभागि हुने प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेक्टिक्स र मार्सल आर्ट अन्र्तगतका विभिन्न विधाका खेलहरु हुने जिल्ला खेलकूद विकास समिती सल्यानका अध्यक्ष खड्ग प्रसाद आचार्यले जानकारी दिनुभयो ।

खेलकुद बिकास समिति सल्यानको आयोजना तथा जीवन ज्योती नमुना माध्यमिक बिद्यालय रिमको ब्यबस्थापनमा हुन लागिको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता चाहिने सम्पूर्ण खेलकुदका सामाग्री भने कपुरकोट गाउँपालिकाले ब्यबस्थापन गर्ने छ । भब्य कार्यक्रमका बिच सुरु हुने प्रतियोगिताको उद्घाटन भने नेपाल सरकारका भौतिक पुर्बाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्नु हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित