१४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड : छत्रेश्वरीको ह्याट्रिक

सल्यान, २४ माघ ।
सल्यान जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड अन्र्तगतका विभिन्न विधाका खेल सम्पन्न भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका– ५ रिममा रहेको जीवन ज्योति नमुना माद्यामिक बिद्यालयमा आइतवारबाट सुरु भएको प्रतियोगितामा बुधबार बिहान शिल्ड, कप, मेडल र प्रमाणपत्र वितरण गरिएको हो । राष्ट्रपति रनिङ शिल्डको अन्तिम नतिजा अनुसार जिल्लाको छत्रेश्वरी गाउँपालिकाले तेस्रो पटक शिल्ड जित्दै ह्याट्रिक गरेको छ ।

छत्रेश्वरी गाउँपालिकाले १५ स्वर्ण, १२ रजत र ११ कास्य सहित जम्मा ३८ पदक जितेर तेस्रो पटक शिल्ड हात पार्न सफल भएको छ । जिल्ला खेलकूद विकास समिती सल्यानका अध्यक्ष खड्ग प्रसाद आचार्यको अध्यक्षता तथा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो ।

जिल्लाको छत्रेश्वरी गाउँपालिकाले यसअघि छत्रेश्वरी गाउँपालिकाकै दमाचौर र बागचौर नगरपालिकाको थारमारेमा भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा लगातार शिल्ड जितेको थियो । तेस्रोपटक उपाधि जितेकाले शिल्ड छत्रेश्वरीले नै राख्न पाउने छ । यसपटकको रनिङ शिल्डमा कपुरकोट गाउँपालिका दोस्रो र शारदा नगरपालिका तेस्रो भएका छन् । जसमा कपुरकोट गाउँपालिकाले १० स्वर्ण, ११ रजत र १३ कास्य सहित ३४ पदक जितेको छ ।

यस्तै शारदा नगरपालिकाले ९ स्वर्ण, ७ रजत र ८ कास्य सहित २४ पटक जितेको छ । यस्तै दार्मा गाउँपालिकाले ७ स्वर्ण, ८ रजत र २ कास्य सहित १७ पदक जितेको छ । यस्तै सिद्ध कुमाख गाउँपालिकाले ३ स्वर्ण, ६ रजत र १२ कास्य सहित २१ पदक, बागचौर नगरपालिकाले ३ स्वर्ण, ६ रजत र ८ कास्य सहित १७ पदक, कुमाख गाउँपालिकाले ५ स्वर्ण, ४ रजत र ३ कास्य सहित १२ पदक जितेको छ ।

यस्तै त्रिबेणी गाउँपालिकाले १ स्वर्ण, २ रजत र ५ कास्य सहित ८ पदक, कालिमाटी गाउँपालिकाले १ स्वर्ण, १ कास्य सहित २ पदक र बन्गाड कुपिण्डे नगरपालिकाले २ कास्य पदक मात्रै जितेको छ । जिल्ला खेलकूद विकास समिती सल्यानको आयोजना, कपुरकोट गाउँपालिकाको व्यवस्थापन र जीवन ज्योति नमुना माद्यामिक बिद्यालयको स्थानिय व्यवस्थापनमा रनिङ शिल्ड सञ्चालन गरिएको थियो ।

करिब एक हजार खेलाडी सहभागि भएको प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेक्टिक्स र मार्सल आर्ट अन्र्तगतका विभिन्न विधाका खेलहरु सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित