स्वास्थ्य सेवा कार्यालय सल्यान ‘जिल्लाकै नमुना’

प्रदेशका १० वटै जिल्लामा रहेका प्रदेश मातहतका कार्यालय मध्येबाट सर्वोत्कृष्ट एवं नमुना कार्यालयहरू छनोट गरिएको छ ।

सल्यान, २४ माघ ।
स्वास्थ्य सेवा कार्यालय सल्यान जिल्लाकै नमुना कार्यालय घोषित भएको छ । कर्णाली प्रदेश सरकार, मन्त्रिपरिषद्को माघ १० गतेको निर्णय अनुसार स्वास्थ्य सेवा कार्यालय सल्यान नमुना घोषित भएको हो । प्रदेशका १० वटै जिल्लामा रहेका प्रदेश मातहतका कार्यालय मध्येबाट सर्वोत्कृष्ट एवं नमुना कार्यालयहरू छनोट गरिएको छ ।

जसअनुसार सल्यानमा स्वास्थ्य सेवा कार्यालय परेको स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । जिल्लामा प्रदेश मातहतका एक दर्जन कार्यालयहरू रहेका छन् । सेवा प्रवाह, योजना कार्यान्वयन, व्यवस्थापन लगायतका आधारमा नमुना छनौट गरिएको बताइएको छ । छनौट भएका कार्यालयहरूलाई पुरस्कृत गरिने प्रदेशले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस