शिव माद्यामिक बिद्यालयको ३० औँ बार्षिकोत्सव सम्पन्न

कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले शैक्षिक गुणस्तर सुधारका लागि पढाइसँगै अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

सल्यान, २५ माघ ।
सल्यानको शारदा नगरपालिका–१२ मुलडाँडामा रहेको शिव माद्यामिक बिद्यालयको ३० औँ बार्षिकोत्सव सम्पन्न भएको छ । तीन दिन देखी बिभिन्न रचनात्मक कार्यक्रमका साथ बिहीबार ३० औँ बार्षिकोत्सवक सम्पन्न भएको हो । वार्षिकोत्सबको अबसरमा बिद्यालयमा नवनिर्मित २ कोठे बिद्यालय भवनको उद्घाटन गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शारदा नगरपालिकाको कुल २५ लाख र जनश्रमदान ४३ हजार ९५८ रुपैयामा निर्माण गरेको उक्त भवनको शारदा नगरपालिका नगरप्रमुख प्रकाश भण्डारीले उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले शैक्षिक गुणस्तर सुधारका लागि पढाइसँगै अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

शारदा नगरपालिकाले अन्यक्षेत्रजस्तै शिक्षा क्षेत्रलाई विशेष प्राथामिकता दिएको उहाँको भनाइ छ ।

नगरप्रमुख भण्डारीले आफ्ना छोराछोरी जसरी स्नेह र प्रेमका साथ बिद्यार्थीहरुलाई पठनपाठन गराउन शिक्षकहरुलाई सुझाव दिनुभयो ।

बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष भगवती बोहराको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका– १२ नम्बर वडा अध्यक्ष सुरेन्द्र बुढा, १५ नम्बर वडा अध्यक्ष लोकमान बुढाथोकी लगाएतकाले बोल्नुभएको थियो । बिद्यालयका प्रधानाध्यापक डिल्ली बहादुर हमालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण शिक्षक सुलेमान सुनारले गर्नुभएको थियो ।

२०४९ सालमा स्थापना भएको यस बिद्यालय हाल कक्षा १२ सम्म सञ्चालन भैरहेको छ । करिब ३ सय ५० बिद्यार्थी रहेको बिद्यालयमा प्रावि दरबन्दी ६, मावि अनुदान २, नगरअनुदान १, निजि स्रोत ४, बिद्यालय नर्स १, लेखापाल १ र कार्यालय सहयोगी २ जना कार्यरत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित