एउटै बिद्यालयका ४३ जना बिद्यार्थीलाई पोशाक वितरण

तल्लो कक्षाबाट नै विद्यार्थीको पढाई सुधार हुनुपर्ने बताउदैँ उहाँले सामुदायिक विद्यालयको पढाई भन्न बित्तिकै अभिभावकले नाक खुम्च्याउनु पर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताउनुभयो ।

सल्यान, २ फागुन ।
सल्यानका ४३ जना बिद्यार्थीलाई पोशाक बितरण गरिएको छ । जिल्लाको शारदा नगरपालिका– ५, तल्लो मार्केमा रहेको जनकल्याण प्राथमिक विद्यालयमा अध्ययनरत ४३ जना बिद्यार्थीलाई बुधबार बिद्यालय पोशाक वितरण गरिएको हो । बिद्यालयमा शैक्षिक सुधार कार्यक्रम मार्फत शारदा नगरपालिका– ५ नम्बर वडा कार्यालयको सहयोगमा पोशाक वितरण गरिएको हो ।

पोशाक वितरण गर्दै वडाअध्यक्ष प्रदिप शाहीले बिद्यालय शिक्षाको सुधारका लागि आफुहरुले काम गर्दै आएको बताउनुभएको छ । पुर्वाधार विकास भन्दा पनि शिक्षाक्षेत्रको विकासलाई आफुहरुले प्राथमिकता दिएको बताउँदै उहाँले यस बर्षको वडाको वजेटबाट बिद्यार्थीलाई पोशाक वितरण गरिएको बताउनुभयो । वितरण गरिएको पोशाकले बिद्यार्थीलाई नियमित बिद्यालयमा आउने र पठनपाठनका कार्यमा सरिक हुन हौसला मिल्ने उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सल्यानका सहसचिव बुद्धि पुनले बिद्यालयको संरचना सुधारमा मात्रै नभएर गुणस्तर सुधारमा जोड दिन सरोकारवालालाई सुझाव दिनुभयो । तल्लो कक्षाबाट नै विद्यार्थीको पढाई सुधार हुनुपर्ने बताउदैँ उहाँले सामुदायिक विद्यालयको पढाई भन्न बित्तिकै अभिभावकले नाक खुम्च्याउनु पर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताउनुभयो ।

बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष कमानसिंह रेउलेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सल्यान बहुमुखी क्याम्पस, स्वतन्त्र बिद्यार्थी युनियनका सचिव राजेन्द्र खड्काले शिक्षा क्षेत्रको विकास विना अरु क्षेत्रको विकास सम्भव नभएको बताउनुभयो । सो अवसरमा सल्यान बहुमुखी क्याम्पस, स्वतन्त्र बिद्यार्थी युनियनका तर्फबाट कापि, कलम लगाएतका शैक्षिक सामाग्री बिद्यालयलाई उपलब्ध गराइएको छ ।

२०४६ सालमा स्थापना भएको यस बिद्यालयमा हाल बालविकास देखी कक्षा ५ सम्म पढाइ हुन्छ । कार्यक्रममा वडासदस्य कुल बहादुर रेउले, पत्रकार अमृत बाबु बुढाथोकी, सल्यान बहुमुखी क्याम्पस, स्वतन्त्र बिद्यार्थी युनियनका कोषाध्यक्ष ज्ञानेन्द्र पुन, सहसचिव सुबोजित श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।

बिद्यालयका प्रधानाध्यापक डिल्ली बहादुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक कृष्ण बहादुर वलीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित