राप्ती राजमार्गमा ९० करोडका ठेक्का : १ अर्व २० करोड सुनिश्चिताको पहल थालेको ज्वालाको भनाइ

संघीय वजेटबाट सञ्चालन गरिएका पुर्वाधार आयोजनाको सल्यानमा निरिक्षण गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राप्ती राजमार्गको स्तरोन्नति सहित २ लेनको सडक बनाउनको लागि १ अर्व २० करोडको सुनिश्चितताको लागि पहल थालिएको बताउनुभएको छ ।

सल्यान, ३ फागुन ।
संघीय सरकारले विनियोजन गरेको वजेट मार्फत राप्ती राजमार्गको स्तरोन्नतिको प्रक्रिया थालिएको छ । राप्ती राजमार्ग अन्र्तगत दाङको अमेलिया देखी सल्यान हुदैँ रुकुमको मुसिकोट सम्मको सडकको स्तरोन्नतिका लागि सरकारले विनियोजन गरेको वजेट मार्फत स्तरोन्नतिको प्रक्रिया थालिएको हो । जसअनुसार चालुआर्थिक बर्षमा विनियोजन भएको ९० करोड रुपैँया मध्ये ६० करोड रुपैँयामा सडक डिभिजन कार्यालय दाङले दाङ र सल्यान खण्ड तथा बाँकी ३० करोड रुपैँयामा सडक डिभिजन कार्यालय चौरजहारीले रुकुम खण्डको कामको पक्रिया अगाडी बढाएको हो ।

सडक डिभिजन कार्यालय दाङले अहिले ४ वटा खण्डमा ठेक्का आह्वान गरेर स्तरोन्नतिको प्रक्रिया अगाडी डिभिजन प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

संघीय वजेटबाट सञ्चालन गरिएका पुर्वाधार आयोजनाको सल्यानमा निरिक्षण गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राप्ती राजमार्गको स्तरोन्नति सहित २ लेनको सडक बनाउनको लागि १ अर्व २० करोडको सुनिश्चितताको लागि पहल थालिएको बताउनुभएको छ ।

मन्त्री ज्वालाले वजेट विनियोजन मात्रै नभएर कार्यान्वयन गर्ने निकाय पनि तदारुकताका साथ लाग्नुपर्ने बताउनुभयो । उहाँले राप्ती राजमार्गको स्तरोन्नति सहित २ लेन कालोपत्रेका लागि बरलामा राप्ती राजमार्ग आयोजना कार्यालय स्थापना गरिने बताउनुभयो ।

मन्त्री ज्वालाले राप्ती राजमार्गका साथै शंखमुल देखी छत्रेश्वरी मन्दिरसम्म पुग्ने सडकको कालोपत्रेको काम र लुहाम काभ्रा हुदैँ कालिमाटी जोड्ने सडक लगाएतको स्थलगत निरिक्षण समेत गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित