सुनौलो हजार दिनका आमालाई पोषणयुक्त खानेकुरा वितरण

सुनौलो हजार दिनका आमालाई पोषणयुक्त खाद्य वस्तु हरियो सागपात, फलफुल, अण्डा, आयोडिन नुनसंगै स्वास्थ्य सरसफाई सामग्री सावुन, नंकट वितरण गरिएको हो ।

सल्यान, १८ फागुन ।
सल्यानमा सुनौलो हजार दिनका आमालाई पोषणयुक्त खाद्यवस्तु तथा सरसफाई सामग्री वितरण गरिएको छ । आमा र नवजात शिशुुको स्वास्थ्यमा सुधार ल्याउन जिल्लाको सिद्ध कुमाख गाउँपालिका वडा नं. ३ मा पोषणयुक्त खाद्य वस्तु संगै स्वास्थ्य सरसफाई सामग्री वितरण वितरण गरिएको हो । पालिकाको वडा न ३ मा रहेको लेकवेसी स्वास्थ्य आमा समुहले साविक सिद्धेश्वरी गाविस ७ फँलाटेका सुनौलो हजार दिनका आमालाई पोषणयुक्त खाद्य वस्तु वितरण गरेको हो ।

आमा समुहले शुक्रवार सिद्ध कुमाख ३ फँलाटे निवासी सुनौलो हजार दिनका आमालाई पोषणयुक्त खाद्य वस्तु हरियो सागपात, फलफुल, अण्डा, आयोडिन नुनसंगै स्वास्थ्य सरसफाई सामग्री सावुन, नंकट वितरण गरिएको हो । वडा भित्रका २१ जना सुनौलो हजार दिनका आमालाई पाँच सयका दरले सामग्री वितरण गरिएको समुहका अध्यक्ष लिला चलाउनेले जानकारी दिनुभयो ।

सुनौलो हजार दिनका आमा तथा शिशुुहरुको पोषण सुधार होस भन्ने उद्धेश्यले पोषणयुक्त खाद्य वस्तु संगै सरसफाई सामग्री वितरण गरिएको उहाँको भनाइ छ । समुहले सुनौलो हजार दिनका आमाहरुले आफ्नै करेसाबारीमा उत्पादन भएको खानेकुरा खानुपर्छ, स्वस्थ रहन सरसफाईमा सधै ध्यान दिनुपर्छ भन्ने सन्देश सबै सामुपुर्याउने उद्धेश्य लिएको समेत बताउनुभयो । सुनौला हजार दिनका आमाले पोषणयुक्त खाद्य वस्तुपाएपछि निकै खुसी भएका छन् ।

कार्यक्रममा बोल्दै सिद्ध कुमाख गाउँपालिका अध्यक्ष भरत गिरीले आफ्नो पालिकाले आमा र नवजात शिशुुको स्वास्थ्यमा सुधार ल्याउन सुनौलो हजार दिनका आमाहरुलाई विभिन्न समयमा पोषणयुक्त खाद्यवस्तु वितरण गर्दै आएको बताउनुभयो । वडा नं.४ का वडा अध्यक्ष खर्कबिर रोका, स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र यादव, स्वास्थ्यकर्मी चन्द्रमा बुढाथोकी लगाएतको सहभागीता रहेको कार्यक्रमको सहजीकरण स्वाथ्यकर्मी उमा चलाउनेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित