सल्यानमा सञ्चालित नमस्ते सल्यान यातायात प्रालि र शारदा यातायात सेवा प्रालि मर्ज

सल्यानमा सञ्चालित नमस्ते सल्यान यातायात प्रालि र शारदा यातायात सेवा प्रालि मर्ज भएका छन् । २०७३ सालमा स्थापना भएको शारदा यातायात सेवा प्रालि र २०७५ सालमा स्थापना भएको नमस्ते सल्यान यातायात प्रालि मर्ज भएका हुन् । यी दुवै प्रालिलाई खारेजी गरेर नमस्ते शारदा यातायात सेवा प्रालि नाम राखिएको छ ।

सल्यान, २४ फागुन ।
सल्यानमा सञ्चालित नमस्ते सल्यान यातायात प्रालि र शारदा यातायात सेवा प्रालि मर्ज भएका छन् । २०७३ सालमा स्थापना भएको शारदा यातायात सेवा प्रालि र २०७५ सालमा स्थापना भएको नमस्ते सल्यान यातायात प्रालि मर्ज भएका हुन् । यी दुवै प्रालिलाई खारेजी गरेर नमस्ते शारदा यातायात सेवा प्रालि नाम राखिएको छ । जिल्लामा सञ्चालन भएका मिनि बस तथा साना गाडीलाई एक बनाइ सञ्चालन गर्ने लक्ष्यका साथ बिहीबार देखी दुवै प्रालि मर्ज भएका हुन् ।

प्रालिको अध्यक्ष र प्रबन्धक २/२ बर्षमा आलोपालो गर्ने सहमति भएको छ । जसको नयाँ कार्यसमितीको संयोजकमा शंकर देब खड्का, प्रबन्धकमा डम्बर सिंह तिरुवा, बरिष्ठ उपाध्यक्षमा कर्ण बहादुर बस्नेत, उपाध्यक्षमा भिमनाथ योगी रहनुभएको छ । यस्तै महासचिवमा बिष्णु शाही, कोषाध्यक्षमा भिमनाथ योगी, सचिवमा ललितनाथ योगी र सहसचिवद्धयमा जनक पुन मगर र कृष्ण चनारा रहनुभएको छ ।

यस समितीमा हाल ४३ वटा मिनि बस र ट्याक्सी रहेका छन् । नागरिकको सहजताको लागि सेवालाई थप स्तरोन्नति गर्दै जिल्लाका ग्रामिण भेगसम्म गाडी सञ्चालन गरिने प्रालिका संयोजक खड्काले बताउनुभयो । प्रालिका प्रवन्धक तिरुवाले यातायात क्षेत्रमा सामुहिकता आवश्यक रहेको र सेवालाई थप विस्तार गर्नका लागि दुई प्रालि एक भएर अघि बढेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस