सल्यान, २४ फागुन ।
सल्यानको शारदा नगरपालिका–१ शितलपाटीमा रहेको मोडर्न तुल्सी सेकेण्डरी स्कुलमा अध्ययनरत बिद्यार्थीले मन्दिर वरिपरी सरसफाइ रहेका छन् । महाशिवरात्रीको पुर्वसन्ध्यामा बिहीबार बिद्यार्थीहरुले छत्रेश्वरी गाउँपालिकामा रहेको छत्रेश्वरी मन्दिर छायाक्षेत्र र शंकपार्क वरिपरी सरसफाइ गरेका हुन् ।
यस्तै शारदा नगरपालिका १ मा रहेको शिव मन्दिर सहित पार्कको वरिपरी सरसफाइ र सजावट गरेका छन् । सैद्धान्तिक मात्रै नभएर व्यवहारिक शिक्षामा जोड समेत दिएको यस स्कुलले कक्षा ५, ७, ८, ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुलाई सामाजिक कार्यमा हौसला प्रदान गर्दै सरसफाई गरिएको हो ।
बिद्यार्थी भाइबहिनीहरुलाई आफ्नो व्यक्तिगत सरसफाई मात्रै नभएर पारिवारिक र सामुदायिक सरसफाईमा समेत लाग्न प्रेरित गर्ने हेतुले शिवरात्रीको पुर्वसन्ध्यामा मन्दिर वरिपरी सरसफाइ गरिएको स्कुलका भाइस प्रिन्सिपल कैलाश श्रेष्ठले जानकारी दिनुभयो । केही दिनअघि यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीले शारदा नगरपालिका २ मा रहेको सितापाइला पार्कको पनि सरसफाइ गरेका थिए ।
सिर्जनात्मक र रचनात्मक कार्यमा जोड दिदैँ आएको यस स्कुलले अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको छ । बिद्यालयमा नै दुनाटपरी बुन्ने, बत्ती कात्ने लगाएतका कार्य सिकाउदैँ आएको छ । केही महिनाअघि मात्रै शारदा नगरपालिका १४ मा रहेको भाइरल डाँडामा बिद्यार्थीले हाइकिङ समेत गरेका थिए ।