शारदा नगरपालिका–७ मा भोली विदा नहुने

उहाँले वडा भित्रका सम्पुर्ण बिद्यालय लगाएतका सरकारी कार्यालयहरु सञ्चालनमा रहने जानकारी दिनुभएको छ ।

सल्यान, २७ फागनु ।
सल्यानको शारदा नगरपालिका वडा नंम्बर ७ मा भोली सोमबार सार्वजनिक विदा नहुने भएको छ । नेपाल सरकारको बार्षिक क्यालेण्डरमा फागुन २८ गते भोली ग्याल्पो ल्होछार पर्वको अवसरमा सार्वजनिक विदा उल्लेख भएपनि यस वडाले भने सार्वजनिक विदा नदिने भएको हो ।

फागुन २० गते बसेको वडा समितीको बैठकको निर्णय अनुसार यस वडामा ग्याल्पो ल्होछार पर्व मनाउने समुदाय कुनै नभएकाले सार्वजनिक बिदा नदिइएको वडा अध्यक्ष लिला बहादुर रोकाले जानकारी दिनुभयो । उहाँले वडा भित्रका सम्पुर्ण बिद्यालय लगाएतका सरकारी कार्यालयहरु सञ्चालनमा रहने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस