सल्यान, २९ फागुन
सल्यानको शारदा नगरपालिका स्थित बागचौर-नयाँ बस्ती-स्यानिघारे-धिरुवा-पुछाला जोड्ने सडक निर्माणको काम सुरु भएको छ । करिव ५० लाख लागतमा निर्माण हुन लागेको सडकको शारदा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष हिमेन्द्र कुमार बुढाथोकीले शिल्यान्यास गर्नुभएको हो । सडक शिलान्यास गर्दै उहाँले गुणस्तरिय कामका लागि निर्देशन दिनुभयो ।
सडकको निर्माणको जिम्मेवारी महादुर्गा विल्डर खलंगा सल्यानले लिएको छ । सडकको काम समयमै गुणस्तरिय रुपमा सम्पन्न गर्ने महादुर्गा विल्डरका प्रोप्राइटर धिरज रावतले प्रतिवद्धता जनाउनु भएको छ । पुर्वभौतिक तथा यातायात मन्त्रि प्रकाश ज्वालाले चुनाबि अभियानमा प्रतिबद्धता जनाए बमोजिम ज्वालाको पहलमा सडकमा बजेट विनियोजन गरिएको हो ।
उक्त सडक शिल्यान्यास गरिएपछि स्थानिय खुसि भएका छन् । यस सडक सम्पन भएपछि शारदा नगरपालिका वडा नं. ९ र बन्गाड कुपिण्डे नगरपलिका १२ का स्थानिय नागरिकलाई निगालाचुला हुदैँ बोटेचौर आवातजावतमा सहज हुनेछ ।