सल्यान, ३० फागुन ।
सल्यान उद्योग बाणिज्य संघ सल्यानको चुनावी सरगर्मी बढेको छ । नयाँ नेतृत्व चयनका लागि निर्वाचन बोर्डले निर्वाचन कार्यतालिका प्रकाशन गरेसँगै चुनावी सरमर्गी बढेको हो । विगतलाई हेर्दा उद्योग बाणिज्य संघको नयाँ कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम देखिन्छ । तर उद्योगी व्यवसायिको हितमा काम गर्नुपर्ने भएकाले सर्वसम्मत नेतृत्व नै अहिलेको आवश्यकता भएको कतिपयले बताउदैँ आएका छन् ।
प्रकाशित कार्यतालिका अनुसार चैत १० गते उम्मेदवारी दर्ता हुने छ भने बैशाख ८ गते मतदान हुने छ । निर्वाचन बोर्डका संयोजक वीरबहादुर सेजवालद्धारा हस्ताक्षरित जारी निर्वाचन कार्यतालिका अनुसार चैत २ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिने छ । यस्तै चैत ३ गते बिहान साढेँ १० वजे देखि दिउँसो ३ बजे सम्म मतदाता नामावली उपर दावी बिरोध, चैत ४ गते बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म मतदाता नामावली उपर छानविन र चैत ६ गते बेलुका ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ ।
यस्तै चैत १० गते बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म उम्मेदवारी दर्ता, चैत ११ गते बेलुकी ५ बजे उम्मेदवारको नामावली प्रकाशन, चैत १२ गते बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म उम्मेदवारको नामावली उपर दावी बिरोध, चैत १३ गते दिउँसो १२ बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारी फिर्ता, चैत १४ गते विहान ११ बजे देखि दिउँसो ३ बजे सम्म उम्मेदवारीको नामावली उपर छानवीन, चैत १५ गते दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चैत १६ गते अपरान्ह ४ बजे नमुना मतपत्र प्रकाशन गरिने छ ।
यस्तै २०८१ वैशाख ८ गते बिहान ८ बजे देखि अपरान्ह ४ बजे सम्म मतदानको समय ताकिएको निर्वाचन बोर्डले जनाएको छ ।