सल्यानमा मतदाता नामावली अध्यावधिक गरिदैँ

आगामी बैशाख १५ गते इलाम क्षेत्र २ को प्रतिनिधि सभा सदस्य र बझाङ (क) को प्रदेश सभा सदस्यको रिक्त पदमा उपनिर्वाचनको लागि सल्यान जिल्लामा पनि मतदाता नामावली अद्यावधिक र अन्तिम नामावली प्रकाशनको प्रक्रिया सुरु भएको हो ।

सल्यान, १ चैत ।

सल्यानमा मतदाता नामावली अद्यावधिक र अन्तिम नामावली प्रकाशनको प्रक्रिया सुरु भएको छ । आगामी बैशाख १५ गते इलाम क्षेत्र २ को प्रतिनिधि सभा सदस्य र बझाङ (क) को प्रदेश सभा सदस्यको रिक्त पदमा उपनिर्वाचनको लागि सल्यान जिल्लामा पनि मतदाता नामावली अद्यावधिक र अन्तिम नामावली प्रकाशनको प्रक्रिया सुरु भएको हो ।

मतदान हुने मिति भन्दा अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिकको लागि जिल्लामा यही फागुन २९ गते देखी चैत ५ गतेसम्म समय तोकिएको छ । यसअवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने लगाएतका काम गरिने जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले जानकारी दिनुभएको छ ।

यसका लागि अन्लाइन मार्फत वा जिल्ला निर्वाचन कार्यालय मार्फत वा वडा कार्यालय मार्फत अद्यावधिकको कार्य सञ्चालन हुने छ । यसैविच प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालय सल्यानमा सम्पन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि सहितको बैठकले मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा सबैले आआफ्नो तर्फबाट सहयोग र सहजीकरण गर्ने निर्णय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस