सल्यान, ३ चैत ।
सार्वजनिक विदालाई सृजनात्मक र रचनात्मक तवरले व्यतित गर्दै क्रिकेट प्रर्वद्धनका लागि शनिवार सल्यानमा निजामति कर्मचारीविच मैत्रिपुर्ण क्रिकेट सम्पन्न भएको छ । कर्मचारी विच परिचय तथा अन्तरक्रिया सहित मित्रता बढाउन मैत्रिपुर्ण खेल सञ्चालन गर्दै आएको नेपाल निजामति कर्मचारी युनियनका सचिब तथा लेखा समुह सल्यानका अध्यक्ष महेन्द्र बस्नेतले जानकारी भयो ।
त्रिबेणी गाउँपालिकाको रिखेबजार खेलमैदानमा पहिलो पटक शनिवार भएको पहिलो खेलमा त्रिवेणी गाउँपालिकालाई पराजित गर्दै छत्रेश्वरी गाउँपालिका विजयी भएको थियो । यस्तै दोस्रो खेलमा छत्रेश्वरी र त्रिवेणीको सयुक्त टिमलाई ३५ रनले पराजित गर्दै खलंगा विजयी भएको छ । खलंगाले पहिला व्याटिङ गर्दै निर्धारित १६ ओभरमा ७ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । जवाफि व्याटिङमा मैदान उत्रिएको त्रिवेणी र छत्रेश्वरीको सयुक्त टिमले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १०० रन मात्र बनाउन सक्यो ।
खेलका लागि आवश्यक व्यवस्थापन क्रिकेट संघ सल्यानले गरेको छ ।