सल्यान, ४ चैत ।
सल्यानका दश वटै स्थानिय तहमा समाजवादी मोर्चा घोषणा गरिएको छ । समाजवादी मोर्चामा आवद्ध नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपाले संयुक्त रूपमा सल्यान जिल्लाका सवै स्थानिय तहमा समाजवादी मोर्चा घोषणा गरेका हुन् । गत फाल्गुन १३ गते जिल्ला सदरमुकाममा जिल्ला स्तरिय समाजवादी मोर्चा घोषणा गरेका मोर्चा आवद्ध दलले जिल्लाका १० वटै पालिकामा पालिका स्तरिय मोर्चा घोषणा गरेका हुन् ।
फाल्गुन २१ गते कालिमाटी गाउँपालिकावाट सुरू भएका घोषणा कार्यक्रम शुक्रवार छत्रेश्वरी गाउँपालिकामा पुगेर टुङ्गिएको छ । प्रेत्यक दलवाट २/२ जना सहित ६ सदस्य रहने मोर्चाको नेतृत्व ४/४ महिनामा चक्रिय प्रणालीमा रहने केन्द्र देखिकै व्यवस्था रहेको मोर्चाले जनाएको छ । जस अनुसार कालिमाटी गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) का टेकमान वलीको संयोजकत्वमा, त्रिवेणीमा नेकपाका प्रेम बहादुर बुढाको संयोजकत्वमा, कपुरकोटमा नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीको संयोजकत्व र छत्रेश्वरीमा नेकपा माओवादी केन्द्रका हिमाल योगीको संयोजकत्वमा मोर्चा घोषणा गरिएको छ ।
यस्तै शारदा नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) का हेमेन्द्र वुढाथोकीको संयोजकत्वमा, सिद्ध कुमाखमा नेकपा माओवादी केन्द्रका दिल वहादुर वोहराको संयोजकत्वमा, वागचौरमा नेकपाका टोप वहादुर वलीको संयोजकत्वमा, दार्मामा नेकपाका दल बहादुर केसी संयोजकत्वमा, कुमाखमा नेकपा माओवादी केन्द्रका डिल्ली राणाको संयोजकत्वमा र वनगाड कुपिण्डेमा नेकपा (एकीकृत समाजवादी) का गणेश विसीको संयोजकत्वमा समाजवादी मोर्चा पालिका स्तरिय संयोजन समिति निर्माण गरिएको छ ।
केन्द्र स्तरमा समाजवादी मोर्चा निर्माण भए संगै सोहि निर्णयलाई कार्यान्वयन गर्ने क्रममा सल्यान जिल्ला र पालिका स्तरमा मोर्चा निर्माण गरिएको नेकपा (एकीकृत समाजवादी) सल्यानका सचिव तथा समाजवादी मोर्चा सल्यानका सदस्य रमेशकुमार गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार समाजवादी मोर्चाले राजनैतिक उद्धेश्य प्राप्तिका साथै, जिल्ला तथा पालिकामा हुने विकृति विसंगतिका विरूद्ध क्रियाशिल रहने र साझा मुद्धामा एक ठाउँमा उभिएर काम गर्ने छ ।
मोर्चा घोषणा कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज टेकवहादुर वस्नेत, नेकपाका पोलिटव्युरो सदस्य मोहलाल चन्द, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा समाजवादी मोर्चा सल्यानका संयोजक कृतिवहादुर पुन, नेकपा (एकीकृत समाजवादी)का जिल्ला कमिटी अध्यक्ष तथा मोर्चा सदस्य हरि केसी, जिल्ला कमिटी सचिव तथा मोर्चा सदस्य रमेशकुमार गौतम, नेकपाका जिल्ला ईन्चार्ज तथा समाजवादी मोर्चा सल्यानका सदस्य तेज बहादुर खड्का, जिल्ला इन्चार्ज भिम भारती, जिल्ला सेक्रेटरी तथा मोर्चा सदस्य मदन चन्द सहितका नेताहरूको सहभागिता रहेको थियो ।