समाज रुपान्तरणमा धार्मिक अगुवाहरुको प्रभावकारी भूमिका

सल्यान, ४ चैत ।
समाज रुपान्तरणमा धार्मिक अगुवाहरुको प्रभावकारी भूमिका देखिएको छ । जिल्लामा किशोरकिशोरीको हक अधिकार प्रर्वद्धन गर्न होस् या परम्परागत गलत सामाजिक मुल्यमान्यताको अन्त्य गर्न होस्, समाजका धार्मिक अगुवाहरुको भूमिकालाई प्रभावकारी देखिएको हो ।

जसमा युएसएआइडी किशोरकिशोरी प्रजनन स्वास्थ्य कार्यक्रम अन्र्तगत परियोजना लागु भएका क्षेत्रका धामिक अगुवालाई किशोरकिशोरीलाई अधिकारबाट बञ्चित हुन नदिन र बालविवाह न्यूनिकरण अभियानमा जोडिएको छ ।

परियोजना सल्यानको शारदा, बागचौर र बन्गाड कुपिण्डे नगरपालिकामा विगत एक वर्षदेखी लागु भएको छ । धार्मिक अगुवाहरुसँग त्रैमासिक संवाद सत्र सञ्चालन गरि लैंगिक हिंसा, बालबिवाह, किशोरकिशोरीको अवस्था लगायतका विषयमा छलफल गरिएको थियो । सहभागी धार्मिक अगुवाले आफ्नो समाजमा किशोरकिशोरीको सकारात्मक परिवर्तनका लागि भूमिका खेल्ने प्रतिवद्धता समेत जनाएका छन् ।

युएसएआइडीको सहयोग, केयर नेपाल सँगको साझेदारीमा दलित विकास समाज सल्यानमार्फत जिल्लाका तीन पालिकामा यो कार्यक्रम सञ्चालन भएको छ ।

प्रतिक्रिया दिनुहोस