सल्यान उद्योग वाणिज्य संघ सल्यानको निर्वाचन : अध्यक्षमा श्रेष्ठ र बस्नेत आमने-सामने

यही बैशाख ८ गते विहान ८ वजे देखी साँझ ४ वजे सम्म सल्यान उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि मतदान हुदैँ छ ।

सल्यान, १० चैत ।
सल्यान उद्योग वाणिज्य संघ सल्यानको नयाँ नेतृत्वका लागि उमेदवारी दर्ता गरिएको छ । आगामी नयाँ नेतृत्वको लागि आज दुई वटा प्यानल नै बनाएर आआफ्नो उम्मेदवारी दर्ता गरिएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको समर्थनमा संयुक्त व्यवसायिक प्यानलबाट अध्यक्षमा बिरेन्द्र श्रेष्ठ र नेपाली कांग्रेस र राप्रपाको समर्थनमा लोकतान्त्रिक व्यवसायिक प्यानलबाट भरत बस्नेतले अध्यक्ष पदका लागी उम्मेदवारी दिनुभएको हो ।

संयुक्त व्यवसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र कुमार थापा, वाणिज्य उपाध्यक्षमा राजेन्द्र बहादुर भण्डारी, उद्योग उपाध्यक्षमा पलविर नेपाली, महासचिवमा मोहन सारु, सचिवमा रन बहादुर खडका र कोषाध्यक्षमा नरेन्द्र बुढा मगरले उम्मेदवारी दर्ता गर्नुभएको छ । यस्तै लोकतान्त्रिक व्यवसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धिरज केसी, वाणिज्य उपाध्यक्षमा चन्द्र बहादुर बुढा, उद्योग उपाध्यक्षमा हपिस भण्डारी, महासचिवमा मान बहादुर वली, सचिवमा ईन्द्रा भण्डारी र कोषाध्यक्षमा कमल घर्तिमगरले उम्मेदवारी दिनुभएको छ ।

यस्तै सदस्यहरुमा संयुक्त व्यवसायिक प्यानलबाट महिला सदस्यमा हिरा चन्द, बिमला गिरी, गिता घर्ती, दलित सदस्यमा प्रकाश परियार, जनजाती सदस्यमा हरी बहादुर गुरुङ, अल्पसंख्यकमा मुस्तपा मिया र खुला सदस्यहरुमा गोफलो वली, चन्द्र बहादुर राना, बिरजंग वली, छबिलाल बिसी, बिर बहादुर डाँगी, लिलाधर शर्मा, टोप बहादुर वली र बस्तुगत सदस्यमा लाल बहादुर खत्री गरी २१ जनाको उम्मेदवारी परेको छ ।

यस्तै लोकतान्त्रिक व्यवसायीक प्यानलबाट खुला सदस्यमा शंकर बुढाथोकी, शिवराज केसी, भद्र बहादुर बुढा, राजन भण्डारी, कल्पना डाँगी केसी, सुदिप सुनार, मान बहादुर वली, महिला सदस्यहरुमा कमला अधिकारी, तिला कु्मारी केसी, लालमती बस्नेत, जनजाती तर्फ डिल्ली बहादुर पुन मगर, दलित तर्फ हात्तिराम कामी, अल्पसंख्यक तर्फ साहिलदास मिया र बस्तुगत सदस्यमा कर्ण बहादुर डाँगीले उम्मेदवारी दिनुभएको छ ।

यही बैशाख ८ गते विहान ८ वजे देखी साँझ ४ वजे सम्म सल्यान उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि मतदान हुदैँ छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित