तस्वीर : बिद्यार्थीलाई स्वागत गर्दै शिवजन माद्यामिक बिद्यालयका प्रधानाध्यापक सहित
सल्यान, १५ चैत ।
जिल्ला कारागार कार्यालय सल्यानबाट एक कैदीले यसबर्षको एसईई परिक्षा दिनुभएको छ । जवरजस्ती करणी मुद्धामा कारागारमा रहेका २५ बर्षिय अजय बुढाथोकीले विहीबारबाट सुरु भएको एसईई परिक्षा कारागार भित्रैबाट दिनुभएको हो । शिवजन माद्यामिक बिद्यालय सितलपाटीबाट खुला तर्फका बिद्यार्थीको त्रिभुवन जन माद्यामिक बिद्यालय भोटेचौरमा परिक्षा केन्द्र तोकिएको थियो ।
तर कारागार भित्र रहेका उहाँलाई परिक्षा केन्द्रसम्म लिन ल्याउन नमिल्ने भएकाले त्रिभुवन जन माद्यामिक बिद्यालय लुहापिङमा केन्द्र स्थानान्तरण गरेर कारागारभित्रबाट नै परिक्षा दिने व्यवस्था मिलाईएको शिक्षा विकास तथा समन्वय इकाई सल्यानका सुचना अधिकारी कपिल कुमार जोशीले जानकारी दिनुभयो । उहाँले अवका बाँकी सबै परिक्षा कारागार भित्रैबाट दिने व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।
कारागार कार्यालय सल्यानका निमित्त जेलर भिम बहादुर घर्तीले बार्षिक परिक्षा दिनबाट कोही पनि नछुटोस् भनेर कारागार भित्रबाट नै एसईई दिने व्यवस्था गरिएको जानकारी दिनुभयो । यसपटकको एसईई परिक्षामा जिल्लाभर ९७ जना बिद्यार्थी अनुपस्थित भएका छन् । परिक्षाका लागि योग्य भएका ४ हजार ५ सय ८२ जना मध्ये नियमित तर्फ ८४ जना र ग्रेडबृद्धि तर्फ १३ जना बिद्यार्थी अनुपस्थित भएका छन् ।
एसईईको पहिलो दिन बिद्यार्थीलाई सबै केन्द्रमा स्वागत सहित बार्षिक परिक्षाको सफलताको शुभकामना दिइएको छ । बिद्यार्थीलाई टिका र दही ग्रहण गराई बिद्यार्थीलाई शुभकामना सहित उज्जवल भविष्यको कामना गरिएको शिवजन माद्यामिक बिद्यालय सितलपाटीले जनाएको छ ।