विगत २३ बर्षदेखी बेवारिसे बनेका एक पुरुषको उद्धार

सल्यान, २४ चैत ।

सल्यानमा विगत २३ बर्षदेखी बेवारिसे बनेका एक पुरुषको उद्धार गरिएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–९ जयतपानी घर भै जयतपानीमा बेवारिसे बनेर बस्दै आएका ३७ बर्षिय ओपिराम बस्नेतको मानवसेवा आश्रम दाङ शाखाले उद्वार गरेको हो ।

‘२८ बर्ष अघि आमाको मृत्यु भयो, आमाको मृत्यु हुदा ओपिराम ९ बर्षका हुनुहुदो रहिछ, त्यसको ४ बर्षपछि मानसिक स्वास्थ्य समस्या देखिएको रहिछ, अहिले २३ बर्ष भयो, ४ बर्ष अघिसम्म त बुवाले हेरचाह गर्दै आएपनि अहिले एक गाँस भोजन र एक ट्याब्लेट औषधिको अभावमा ओपिरामको जीवन कष्टकर बनिरहेको छ, पालिकासँग सहकार्य गरेर उहाँको उद्धार गरेका छौँ’– मानवसेवा आश्रम दाङ शाखाले बतायो ।

ओपिरामको खाने बस्ने हेरचाह गर्ने र औषधि उपचार अव मानवसेवा आश्रम दाङ शाखाले गर्ने छ । मानवसेवा आश्रम दाङ शाखाले यसअघि जिल्लाको त्रिबेणी गाउँपालिकाबाट पनि २ जना बेवारिसे नागरिकको उद्धार गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित