सल्यान, २५ चैत ।
सल्यानमा उद्योग वाणिज्य संघको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । यही बैशाख ८ गते हुने संघको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरु अहिले प्रचारप्रसारमा व्यस्त रहेका छन् । उम्मेदवारहरु प्रचारप्रसारका सामाग्री सहित मत माग्दै व्यवसायिहरुको घरदैलोमा गएका छन् ।
यस पटकको निर्वाचनमा संयुक्त व्यवसायिक प्यानलबाट अध्यक्षमा बिरेन्द्र श्रेष्ठ र लोकतान्त्रिक व्यवसायिक प्यानलबाट भरत बस्नेत प्रतिस्पर्धामा रहनुभएको छ ।
यसपटकको चुनावी नतिजा आफ्नो पक्षमा पार्ने गरेर प्रचारप्रसार र घरदैलो अभियान तिव्र पारिएको संयुक्त व्यवसायिक प्यानलबाट महासचिवका उम्मेदवार मोहन सारुले जानकारी दिनुभयो । सबै व्यवसायिको घरदैलोमा गएर मत माग्ने योजना रहेको उहाँको भनाइ छ । यस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र कुमार थापा, वाणिज्य उपाध्यक्षमा राजेन्द्र बहादुर भण्डारी, उद्योग उपाध्यक्षमा पलविर नेपाली, महासचिवमा मोहन सारु, सचिवमा रन बहादुर खडका र कोषाध्यक्षमा नरेन्द्र बुढा मगर उम्मेवार रहनुभएको छ ।