सल्यान, २५ चैत ।
सल्यानको शारदा नगरपालिका–१ शितलपाटीमा रहेको मोडर्न तुल्सी सेकेन्डरी स्कुलमा अध्ययनरत बिद्यार्थीको यस शैक्षिक सत्रको नतिजा प्रकाशनसँगै उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । आइतवार बिद्यालयको परिसरमा आयोजित नतिजा प्रकाशन कार्यक्रममा मन्टेश्वरी देखी कक्षा ९ सम्मका बिद्यार्थीहरुको बार्षिक नतिजा प्रकाशन गरिएको हो ।
यस्तै मन्टेश्वरी देखी कक्षा ९ सम्म अध्ययनरत बिद्यार्थीमध्ये परिक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई प्रमाणपत्र सहित सम्मान पनि गरिएको हो । यस्तै शिक्षकशिक्षिकालाई पनि सम्मान गरिएको छ । बिद्यालयका प्रिन्सिपल जित बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका भ्वाइस प्रिन्सिपल कैलाश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । शिक्षक प्रकाश सुनारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक अर्जुन न्यौपानेले गर्नुभएको थियो ।
विगत १७ बर्षदेखी सञ्चालनमा रहेको यस बिद्यालयमा साँढे ५ सय बिद्यार्थीले अध्ययन गर्दै आएका बिद्यालयका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र डाँगीले जानकारी दिनुभयो । नतिजा प्रकाशन सँगै शैक्षिक सत्र २०८१ का लागि बिद्यार्थी भर्ना अभियान सुरु भएको बिद्यालयले जनाएको छ ।