सल्यान, २६ चैत ।
सल्यान जिल्ला व्याडमिन्टन संघ सल्यानको तेस्रो अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनले हिमाल योगीको अध्यक्षतामा १५ सदस्सीय जिल्ला व्याडमिन्टर संघ गठन गरेको छ । जसको उपाध्यक्षमा भिम वली, नेव वहादुर रावत, कमल घर्ती, टेकराज शाही, सचिव विश्वनाथ सिंह र कोषाध्यक्ष ज्योती सुनार रहनु भएको छ ।
यस्तै सदस्यहरुमा प्रभात कुमार श्रेष्ठ, पदम देवकोटा र अन्य सदस्यहरु विधानत पछि थप गरिने भएको छ ।
यसैगरी दिपक वुढाथोकीको संयोजकत्वमा ५ सदस्य सल्लाहकार समिति गठन भएको छ । जसको सदस्यमा डम्वर केसी, पुष्कर वस्नेत, विरेन्द्र श्रेष्ठ, रण वहादुर खडका रहनु भएको छ ।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष मान वहादुर मल्ल, जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष खड्ग आचार्य, जिल्ला व्याडमिन्टन संघ सल्यानका सल्लाहकार दिपक वुढाथोकी, पुष्कर वस्नेत, ज्योती सुनारको उपस्थिति रहेको थियो ।
जिल्ला व्याडमिन्टन संघ सल्यानका कार्यबहाक अध्यक्ष तथा व्याडमिन्टन संघ प्रदेश उपाध्यक्ष गुमान सिहं वस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हिमाल योगीले गर्नुभएको थियो ।