सल्यानमा सिफारिस भएका शिक्षकलाई नियुक्तिपत्र प्रदान

जिल्लाका ९ वटा स्थानिय तहमा शिक्षकहरुको योग्यता क्रमअनुसार शिक्षकहरुले रोजेको स्थानीय तहका लागि नियुक्तिपत्र दिएर इकाई कार्यालयको तर्फबाट बिदाइ गरिएको जनाइएको छ ।

सल्यान, २८ चैत ।
खुला प्रतिस्पर्धाबाट छनोट भई सल्यानका लागि सिफारिस भएका प्राथामिक तहका शिक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई सल्यानले मानव स्रोत विकास केन्द्र भक्तपुरबाट सिफारिस गरिएका ८७ जना शिक्षकलाई नियुक्तिपत्र प्रदान गरेको हो ।

साविक जिल्ला विकास समितीको हलमा एक कार्यक्रमका विच शिक्षक सेवा आयोगको बिज्ञापनमा सफल भएका प्रावि तह तृतिय श्रेणीका सबै शिक्षकलाई स्थायी नियुक्तिपत्र प्रदान गरिएको शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख लाल बहादुर घर्तीले जानकारी दिनुभयो ।

जिल्लाका ९ वटा स्थानिय तहमा शिक्षकहरुको योग्यता क्रमअनुसार शिक्षकहरुले रोजेको स्थानीय तहका लागि नियुक्तिपत्र दिएर इकाई कार्यालयको तर्फबाट बिदाइ गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस