कपुरकोटमा स्मार्ट हाटबजार सञ्चालनका लागि चार कोठे भवनको शिलान्यास

कपुरकोट, २ बैशाख ।
सल्यानको कपुरकोट हाट वजारलाई व्यवस्थित रुपमा सञ्चालनका लागि चार कोठे भवनको शिलान्यास गरिएको छ । कपुरकोट गाउँपालिकाले दिएको अनुदानबाट स्मार्ट हाट वजार सञ्चालन गर्ने गरी चार कोठे दुई तलाको भवनको आइतवार शिलान्यास गरिएको हो ।

भवनको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, ३ नम्बर वडाका अध्यक्ष प्रदिप खडका, कपुरकोट कृषि उपज वजार संचालक समितिका अध्यक्ष तिलक शर्मा सहितको सहभागितामा भवन शिलान्यास गरिएको हो ।

भवन निर्माणको जिम्मा भुवनेश्वरी बिल्डर्स कपुरकोट–४ ले रु.५६ लाख १८ हजार ६ सय २३ मा लिएको छ । भवन निर्माणको काम यही असार मसान्त सम्म गरिसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस