सल्यानमा बोलेरो जिप दुर्घटना : पाँच घाईते

सल्यान, ३ बैशाख ।
सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । दाङबाट सल्यानको फालावाङ तर्फ आउँदै गरेको रा १ ज ६०५ नम्बरको जिप कपुरकोट गाउँपालिका ४ सिमचौर नजिकै सडकमै बेलुका साढेँ ६ वजेतीर अनियन्त्रित भई दुर्घटना हुँदा पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाईते हुनेमा त्रिबेणी गाउँपालिका ४ बस्ने अन्दाजी २३ बर्ष कि संजिता शिरिस मगर, कपुरकोट गाउँपालिका ४ गाडापानी बस्ने अन्दाजि २७ बर्ष कि रिता बिक, सोही ठाउँ निबासी अन्दाजी ५८ब र्ष कि देवि बिक, घोराही उपमहानगरपालिका ५ बस्ने २६ बर्षकि पुजा घर्ती, सोही ठाउँ बस्ने अन्दाजी ७ बर्षका रिजन पुन रहेका छन् । घाईते भएका सबैको आधारभूत अस्पताल कपुरकोटमा उपचार भैरहेको छ ।

प्रहरीका अनुसार घाईतेको अवस्था सामान्य छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस