विद्यार्थीलाई व्यावहारिक सीप

‘सीप सिकेर दक्षता बढाएमा भविष्यमा केही गर्न सकिन्छ कि भन्ने आत्मविश्वास दिलाएको छ’ उहाँले भन्नुभयो ।

सल्यान, ४ बैशाख ।
सल्यानका सामुदायिक विद्यालयले विद्यार्थीलाई पठनपाठनसँगै व्यवहारिक सीप सिकाउन थालेका छन् । शिक्षालाई प्रयोगात्मक बनाई जीवनसँग जोड्न भन्दै सामुदायिक विद्यालयहरूले जीवनउपयोगी शिक्षा प्रदान गर्न थालेका हुन् । कपुरकोट गाउँपालिकाका पाँच वटा विद्यालयले विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाएका छन् । कपुरकोट गाउँपालिकामा हाउस वाइरिङ, पेन्टिङ, डकर्मी, प्लम्बिङलगायत सीप प्रदान गरिएको छ ।

कपुरकोट गाउँपालिका–४ किमिचौरका दुर्गा बुढा मगर अहिले नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय किमिचौरमा कक्षा १२ मा अध्ययन गर्नुहुन्छ । पढाईसँगै सिप सिक्नुपर्छ भन्ने उहाँलाई लागि रहन्थ्यो । सिप नभएको मान्छेले जहाँ गएपनि दुःख र समस्या झेल्नुपर्छ भन्ने कुरा बुझ्नु भएका उहाँले कुनैपनि सिप सिक्ने सोँच बनाउनुभएको थियो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजना र कपुरकोट गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको निःशुल्क प्लम्बिङ तालिम लिएपछि उहाँ दंग हुनुहुन्छ ।

कपुरकोट गाउँपालिका–५ रिममा रहेको जीवन ज्योति नमुना माद्यामिक बिद्यालयमा कक्षा ११ मा अध्ययनरत भावना साहुले निशुल्क हाउस वायरिङ तालिम सिकेकाले अव गाउँमै केहि गर्ने उद्धेश्य रहेको सुनाउनुभयो । पाएको सीपले आफूलाई पढाइमा उत्साह थपिएको उहाँको भनाइ छ । ‘सीप सिकेर दक्षता बढाएमा भविष्यमा केही गर्न सकिन्छ कि भन्ने आत्मविश्वास दिलाएको छ’ उहाँले भन्नुभयो ।

अर्का बिद्यार्थी बिबेक बोहराले स्थानीय तहबाट बिद्यार्थीका लागि सञ्चालन गरिएको सिपमुलक तालिममा सहभागी भएर सिप सिक्न पाउदा खुसी लागेको बताउनुभयो । आफ्नो हातमा सीप भएमा विदेश नै जानुपर्छ भन्ने सोचलाई परिवर्तन गर्न तालिमले सहयोग मिलेको उहाँको भनाइ छ ।

कपुरकोट गाउँपालिकाले यस बर्ष देखी पढ्दै, सिक्दै र कमाउदै कार्यक्रम सञ्चालन गरेको छ । एक माध्यमिक बिद्यालय एक सिप विकास तालिमको आयोजना गरेर पढ्दै, सिक्दै र कमाउदै कार्यक्रम सुरु गरेको हो । जसमा गाउँपालिकाले कालिका माद्यामिक बिद्यालय कपुरकोटमा पेन्टिङ र भवानी माद्यामिक बिद्यालय छाँयानाथमा डकर्मी तालिम सञ्चालन ग¥यो ।

यस्तै नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय किमिचौर र जीवन ज्योति नमुना माद्यामिक बिद्यालय रिममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले हाउस वायरिङ र प्लम्बिङ तालिम सञ्चालन गरेको हो । पढ्दै, सिक्दै, कमाउदैँ कार्यक्रमलाई जिल्लाका अन्य पालिकाले पनि अनुसरण गर्नुपर्ने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्रीकृष्ण देवकोटाले बताउनुभयो ।

बिद्यार्थीका लागि सञ्चालन गरिएकाले सिपमुलक तालिमले कुनैपनि बिद्यार्थीको जीवनमा सहजता ल्याइदिने अपेक्षा छ । यी तालिममा एक सय बढी बिद्यार्थी सहभागि भएका छन् । अवका बर्षमा पनि यस कार्यक्रमले निरन्तरता पाउने र सबै माद्यामिक बिद्यालयमा सिप बिकास केन्द्र स्थापना सहित सञ्चालन गरिने प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताउनुभयो ।

‘गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिकाले शिक्षासँगै व्यवहारिक ज्ञानलाई पनि विशेष महत्व दिएर शिक्षा प्रदान गर्ने गरेको छ’ उहाँले भन्नुभयो । उहाँले मानिसलाई जीवनोपयोगी सीपले जीवनपर्यन्त सफल जीवन बिताउन सहयोग पुग्ने भएकाले विद्यालय तहदेखि नै विद्यार्थीलाई विभिन्न सीप सिकाउन आवश्यक रहेको बताउनुभयो । ‘जीवनोपयोगी सीपले जीवनमा आइपर्ने समस्या र चुनौतीलाई सामना गर्न बल पुग्छ, सीपले विद्यार्थीलाई जिम्मेवार बनाउनुका साथै बौद्धिक क्षमतामा समेत सहयोग पु¥याउने गर्छ’ उहाँले भन्नुभयो ।

आउँदो बर्ष सबै बिद्यालयमा सिप विकास केन्द्र स्थापना गर्ने गाउँपालिकाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित