समाचारको प्रभाव : पोस्करको परिवारलाई नगद र खाद्यान्न सहयोग

सल्यान, ३ जेठ ।

गत बैशाख १२ गते सल्यान टुडे डटकम बाट एउटा समाचार प्रकाशित भयो । त्यो समाचार थियो सल्यानको शारदा नगरपालिका ५ रातामाटाका ३५ बर्षिय पोस्करजंग बुढाथोकीको ‘तीन सय ७५ ग्रामको पत्थरी र प्रेसर एकैपटक स् रोग र भोकसँग लड्दै पोस्कर’ शिर्षकमा । आर्थिक अभावका कारण उपचार त परको कुरा हो, साँझविहानको छाक टार्न समेत परिवारलाई धौँ–धौँ थियो । यसबारेमा समाचार सार्वजनिक भएपछि सहयोगी मनहरुबाट संकलन भएको नगद सहित बर्षभरीलाई पुग्ने गरि चामल, नुन, तेल, दाल, आलु, साबुन लगाएत खाद्यान्न, बिद्यालय पोशाक, झोला, कापि कलम लगाएतका शैक्षिक सामाग्री बुधबार पिडित परिवारको घरैमा पुगेर हस्तान्तरण गरिएको छ ।

रातामाटामा रोग र भोगसँग लडिरहेको पोस्करजंग बुढाथोकीको परिवारलाई नगद सहित राहत सामाग्री हस्तान्तरण गरिएको छ । बुधबार शारदा नगरपालिका ४ घरभै हाल मलेसियामा रहनुभएका मधुसुधन सेजवाल र शारदा नगरपालिका ५ घरभै हाल कतारमा रहनुभएका भिम बहादुर बुढाथोकीको नेतृत्वमा शारदा नगरपालिका ४ साइलाकम्दका गणेश सेजवालको व्यवस्थापनमा नगद सहितको राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

‘समाचार सार्वजनिक भएपछि हामी पनि केही सहयोग गर्नसक्छौँ भनेर अभियान सञ्चालन गरेका हौँ’ सेजवालले भन्नुभयो ‘जसबाट नगद सहित खाद्यान्न सहितका सामान उपलब्ध गराएका हौँ ।’ सेजवालको नेतृत्वमा ५० जना सहयोगी मनहरुबाट संकलन भएको १ लाख ५६ हजार ७ सय ५० रुपैँया संकलन गरेको हो ।

यस्तै स्थानिय समाजसेवी र शारदा नगरपालिका ४ का वडाअध्यक्ष किशोर कुमार हमालबाट गरेर १२ हजार ३ सय ५५ रुपैँया संकलन भएको छ । तीमध्ये स्थानियले दिएको सहयोग यसअघि नै हस्तान्तरण गरिसकेको, वडाअध्यक्षले पिडितकै खातामा राखिदिएको, सेजवाल नेतृत्वमा संकलित १ लाख ५६ हजार ७ सय ५० रुपैँयाबाट ६४ हजार २ सय ३५ रुपैँयाको खाद्यान्न सहितको सामान किनिएको छ भने बाँकी रहेको ९२ हजार ५ सय १५ रुपैँया र थप संकलित २ हजार ५ सय गरेर ९५ हजार १५ रुपैँया पिडितलाई हस्तान्तरण गरिएको छ ।

नगद सहितको खाद्यान्न बुझेपछि पोस्करजंग बुढाथोकी र उहाँको श्रीमती सम्झना बुढाथोकीले सहयोगी मनहरु सबैलाई धन्यवाद दिनुभयो । ‘पहिले निकै समस्या थियो, आर्थिक अभावका कारण उपचार त परको कुरा हो, साँझविहानको छाक टार्न समेत परिवारलाई धौँ धौँ थियो, अहिले सहयोगी मनहरुबाट संकलन भएको नगद सहित बर्षभरीलाई पुग्ने गरि चामल, नुन, तेल, दाल, आलु, साबुन लगाएत खाद्यान्न, बिद्यालय पोशाक, झोला, कापि कलम लगाएतका शैक्षिक सामाग्री दिनुभएको छ, सबैलाई धन्यवाद दिन चाहान्छु’ सम्झनाले भन्नुभयो ।

सहयोग हस्तान्तरण गर्दै शारदा नगरपालिका–५ का वडाअध्यक्ष प्रदिप शाहीले दुखको बेलामा पिडित परिवारको घाउमा मलम हुने गरि सहयोग गरेकोमा सबैलाई धन्यवाद दिदैँ सामाजिक कार्यमा सबैको साथ र सहयोग अपरिहार्य भएको बताउनुभयो । यस्तै शारदा नगरपालिका–४ का वडाअध्यक्ष किशोर कुमार हमालले समाजमा रोग र भोग पालेर बसेकाहरु धेरै भएको हुनसक्ने भएकाले बास्तविक पिडितको पहिचान गर्दै उनीहरुलाई सामुहिक सहयोग गर्नतर्फ सबै अग्रसर हुनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित