सल्यान, ९ जेठ ।
सल्यानमा घाइते अवस्थामा उद्धार गरिएको रतुवाको मृत्यु भएको छ । कुकुरले लखेट्दै गरेको अवस्थामा स्थानियले देखेर उद्धार गरि डिभिजन वन कार्यालय सल्यानमा पठाएको रतुवा बुधबार मरेको हो । कुकुले लख्ट्दै गरेको अवस्थामा स्थानियले देखेपछि उद्धार गरेर प्रहरी मार्फत वन कार्यालयमा उपचारको लागि ल्याइएको थियो ।
सोही रतुवाको उपचारको क्रममा मृत्यु भएको वन कार्यालय सल्यानका नायव सुब्वा देविराम सुवेदीले जानकारी दिनुभएको छ । बन डढेलोका कारण जंगल सखाप भएपछि जंगली जनावर आहाराको खोजीमा बस्ती पस्न थालेका छन् ।