सल्यानको त्रिबेणी गाउँपालिकामा मेलमिलापकर्तालाई सूचीकृत गरिदैँ

न्यायिक समिति र सामुदायिक मेलमिलाप केन्द्रबीच समन्वय गरी स्थानीय स्तरमा नै विवाद मिलाउन मेलमिलापकर्ता सूचीकृत गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

सल्यान, १३ जेठ ।
न्यायिक समितिमा परेका उजुरीलाई छिटो, छरितो र समयमै समाधान गर्न सल्यानको त्रिबेणी गाउँपालिकाले मेलमिलापकर्तालाई सूचीकृत गर्न थालेको छ । जिल्लाको त्रिबेणी गाउँपालिकाले आफ्नो क्षेत्रका मेलमिलाप सम्बन्धि तालिम प्राप्त गरेका वा सामुदायिक मेलमिलापकर्ता हुन इच्छुक र योग्यता पुगेका व्यक्तिलाई सूचीकृत गर्न लागेको हो । न्यायिक समिति र सामुदायिक मेलमिलाप केन्द्रबीच समन्वय गरी स्थानीय स्तरमा नै विवाद मिलाउन मेलमिलापकर्ता सूचीकृत गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

सूचीकृत गरेपछि गाउँघरमा हुने स–साना विवादको समाधान वडामा रहेका मेलमिलापकर्ताले गाउँबाट नै मिलाउने हुँदा न्यायिक समितिमा धाउन पर्ने बाध्यता हट्ने जनाइएको छ । मेलमिलापकर्ता हुन इच्छुकले १५ दिनभित्र निवेदन दिन गाउँपालिकाले सुचना जारी गरेको छ ।

May be an illustration of ticket stub, blueprint and text

प्रतिक्रिया दिनुहोस