नेकपा एस निकट अखिल नेपाल किसान महासंघद्धारा दार्मामा मौरीघार वितरण

सल्यान, १६ जेठ ।
नेकपा (एकीकृत समाजवादी) पार्टी निकट अखिल नेपाल किसान महासंघ केन्द्रले सल्यानको दार्मा गाउँपालिकामा ७५ थान मौरीघार वितरण गरेको छ । केही महिनाअघि आएको भुकम्पवाट प्रभावित भएका मध्ये केहि कृषकलाई मौरीघार वितरण गरिएको हो । दार्मा गाउँपालिकाको फारूलामा एक कार्यक्रमका विच मौरीघार वितरण गरिएको किसान महासंघका केन्द्रिय सचिव तथा कर्णाली प्रदेश अध्यक्ष प्रेमा अधिकारीले जानकारी दिनुभयो ।

कृषकहरूलाई पार्टी स्थायी कमिटी सदस्य तथा महासंघका केन्द्रीय अध्यक्ष वलराम वास्कोटा, पार्टी प्रदेश सचिव तथा महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण विसी, किसान महासंघका केन्द्रीय सचिव सर्मिला पौडेल, प्रेमा अधिकारी, राजेश फुयाल सहितले मौरीघार हस्तान्तरण गर्नुभएको हो । भुकम्पले क्षति पुर्याएका केही कृषकहरूलाई थोरै भएपनि सहयोग पुगोस भनेर मौरिघार वितरण गरिएको किसान महासंघका अध्यक्ष वास्कोटाले वताउनुभयो ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का स्थानिय नेताहरू यज्ञ वहादुर चन्द, नर वहादुर नेपाली, गणेश वली लगाएतको सहभागीता रहेको थियो । यसैविच किसान महासंघले केहि महिना पहिले आगलागीवाट धनजनको क्षति भएको मुगु र कालिकोटमा समेत सहयोग गरेको छ । आगलागिवाट ज्यान गुमाएका मुगुका ४ र कालिकोटमा १ परिवारलाई महासंघका अध्यक्ष वास्कोटाको नेतृत्वको टोलीले प्रतिपरिवार २५ हजारका दरले १ लाख २५ हजार नगद राहत प्रदान गरिएको किसान महासंघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज कृष्ण विसीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित