दुवै मिर्गौला फेल भएकी सल्यानकी सर्मिला चलाउनेलाई सहयोगको याचना

सल्यान, १७ जेठ ।
दुवै मृगौला फेल भएर उपचारको अभावमा छटपटाइरहेकी सल्यानको सिद्धकुमाख गाउँपालिका १ कागखोलाकी सर्मिला चलाउनेको परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन । दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गराइरहेकी १२ वर्षीय सर्मिलाका मृगौला प्रत्यारोपण गर्न पैसा अभाव भएकाले आर्थिक रकम सहयोग गरिदिन उनका बुवा पेसल चलाउने र आमा अनिता चलाउनेले आग्रह गर्नुभएको हो ।

करिव २ महिनाअघि दुवै मृगौला बिग्रिएपछि १२ बर्षकी सर्मिलाको सातामा दुईपटक डाइलाइसिस गरीरहनु परेको उनकी आमा अनिता चलाउने बताउनु भयो ।

सर्मिलालाई शुरुमा समान्य रोगले च्यापेपछि दाङको घोराहीमा सामान्य उपचार गरिएपनि व्यथाले च्याप्दै गएपछि अहिले काठमाडौंको टिचिङ अस्पिटलमा उपचारार्थ छिन्। सर्मिलाको उपचार गराउँदा अहिलेसम्म भएभरको पैसा सकिएको बुवा पेसल चलाउनेले बताउनु भयो । अहिले सर्मिलाको ऋण सापट गरेर जेनतेन निरन्तर डाइलाइसिस गराइरहेको बुवाको भनाई छ ।

आर्थिक अवस्था न्यून भएका सर्मिलाको परिवारको अहिले आर्थिक अवस्था कमजोर भएपछि चिन्तित छन । विरामी सर्मिलाको सहयोगी संघसंस्था र व्यक्तिले सहयोग गरिदिए छोरीले नयाँ जीवन पाउनसक्ने आमा अनिता चलाउने बताउनु भयो ।

सहयोगको लागि लक्ष्मी बैंक लिमिटेडमा आमा अनिता चलाउनेको खाता नम्बर ०४०२३०१६७१६ मा सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ । सम्पर्कका लागि मोबाईल नम्बर ९८१२८०३८३६ रहेको छ ।

थप जानकारीका लागि विरामीका बुवा लालबाहादुरलाई ९८४४१३९७४५ नम्वरमा फोन गरी जानकारी लिन सकिने छ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित