सुमनको परिवारलाई कर्मचारी बिमा बाफतको ७ लाखको चेक हस्तान्तरण

सल्यान, १८ जेठ ।
रुकुमको मुसिकोट नगरपालिका–१ घरभइ टेकमाइण्डस नेटवर्क मुसीकोट शाखामा कार्यरत भई कामकै क्रममा ज्यान गुमाएका सुमन थापाको परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरिएको छ । विगत लामो समयदेखी यस शाखामा कार्यरत २४ बर्षिय थापाको मुसीकोटमा नै काम क्रममा करेन्ट लागेर गत पुस २५ गते मृत्यु भएको थियो ।

थापाको परिवारलाई कर्मचारी बिमा बाफतको ७ लाख रुपैँयाको चेक हस्तान्तरण गरिएको प्रदेश प्रबन्धक संगम विहानीले जानकारी दिनुभयो । शुक्रवार पिडित परिवारको घरैमा टेकमाइण्ड्स नेट्वर्क मुसिकोट शाखा प्रमुख बिशाल बिष्ट र मृतकका दाइ सन्तोष थापा सहितको सहभागितामा रकम हस्तान्तरण गरिएको हो ।

यस अघि पनि कम्पनीको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट २ लाख रुपैँया सहयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित