माछापुछ्रे बैंकको सहयोगमा विद्यालयमा खानेपानी

विद्यालयमा अतिआवश्यक खानेपानीको अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाएपश्चात बैंकले उक्त विद्यालयको अवस्था अवलोकन गरी खानेपानीको पूर्वाधारहरु निर्माण गरेर विद्यालयमा नै पानी पु¥याएको हो । जसअनुसार विद्यालयमा १० लाख ७२ हजार रुपैयाँको लागतमा बैंकले खानेपानीको सुविधा उपलब्ध गराएको छ ।


सल्यान, २१ जेठ ।
सल्यानमा माछापुछ्रे बैंकको सहयोगमा विद्यालयमा खानेपानी पुगेको छ । जिल्लाको शारदा नगरपालिका–१५ माल्नेटामा रहेको त्रिभुवन जनमाध्यमिक विद्यालयमा माछापुछ्रे बैंक लिमिटेडको सहयोगमा खानेपानी पुगेको हो । बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत यस वर्ष माल्नेटामा रहेको यस विद्यालयमा खानेपानी पु¥याइएको बैंकले जनाएको छ ।

विद्यालयमा अतिआवश्यक खानेपानीको अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाएपश्चात बैंकले उक्त विद्यालयको अवस्था अवलोकन गरी खानेपानीको पूर्वाधारहरु निर्माण गरेर विद्यालयमा नै पानी पु¥याएको हो । जसअनुसार विद्यालयमा १० लाख ७२ हजार रुपैयाँको लागतमा बैंकले खानेपानीको सुविधा उपलब्ध गराएको छ ।

विद्यालयबाट करिब साढे तीन किलोमिटर टाढा रहेको बडाखोलाको घारीमुहानबाट खानेपानी विद्यालयमा ल्याइएको छ । विद्यालयमा खानेपानी आएपछि विद्यार्थीलाई सहज भएको विद्यालयका प्रधानाध्यापक धनीराम खत्रीले जानकारी दिनुभयो । विगतमा खानेपानी नहुँदा विद्यार्थीले समस्या भोग्दै आएका थिए । यस खानेपानी योजनाबाट दुई सय ८९ जना विद्यार्थीका साथै १८ जना शिक्षक कर्मचारी लाभान्वित भएका छन् ।

विगतमा अस्थायीरुपमा पानीको पाइप जडान गरी खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ति बन्द हुनेलगायतका समस्या रहेका थिए । विद्यालयको समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रुपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण गर्नुका साथै विद्यालय परिसरमा धारा निर्माण गरेर उक्त निर्माण गरिएका पूर्वाधारहरु विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

बैंकले झण्डै दुई महिनाको समय लगाएर खानेपानी योजना सम्पन्न गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास रावतको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा शारदा नगरपालिका–१५ का वडाध्यक्ष लोकमान बुढाथोकी, माछापुछ्रे बैंकका लम्बिनी, कर्णाली र सुदूरपश्चिमका व्यापार प्रमुख विशालभक्त जोसीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस