सल्यान, २३ जेठ ।
पर्यावरणीय हानिबिना नै कृषि क्षेत्रको विकासमा पहल गर्नुपर्ने सल्यानका सरोकारवालाले बताएका छन् । कृषिमा विभिन्न स्रोतबाट लगानी आइरहेको उल्लेख गर्दै उनीहरूले ती लगानी प्रकृतिमैत्री प्रविधि विकासमा लगाउनुपर्ने कुरामा जोड दिएका हुन् । यसका लागि प्रविधिको विकास गरी प्रकृतिमैत्री कृषि विकासमा लाग्नुपर्ने उनीहरुको भनाइ छ ।
पर्यावरणीय कृषि अभियान अन्र्तगत फास्टनएक्सनको सहयोग र सामाजिक सेवा अध्ययन केन्द्रको सहजीकरणमा जिल्लाको श्रीनगरमा सञ्चालित पर्यावरणीय कृषिका समस्या, सम्भावना र भविष्यको रणनीति बिषयक कार्यशालामा सहभागि सरोकारवालाले यस्तो बताएका हुन् । परियोजनाका संयोजक भुपेन्द्र न्यौपानेले पर्यावरणीय र वातावरणीय हानिविहीन प्रविधिको विकास गर्न जोड दिनुभयो ।
उहाँले पर्यावरणीय कृषि विकासका लागि असल योजनाको निर्माण भएपनि कार्यान्वयन प्रभावकारी हुन नसकेको बताउनुभयो । कृषि क्षेत्रका योजना निर्माण गर्ने क्रममा पर्यावरणीय र दिगो खेतीका बारेमा समावेश हुनुपर्ने बताउँदै उहाँले कृषि विकासमा पूर्ण पर्यावरणीय कृषि तत्कालै सम्भव नभएपनि रसायन र पर्यावरणको अतिवादबाट बिचको बाटो खोज्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सहभागिहरुले प्रकृतिमा रहेका माटो, पानी, हावा, सुर्य, वनजंगल, जनावर आदीलाई कुनै असर नपर्ने गरेर माटोको रक्षा गर्दै कृषि खेती अवलब्बन गर्नुपर्ने बताएका छन् । कार्यशालामा जिल्लाका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।