महिला स्वास्थ्य स्वयम् सेविकालाई प्राथमिक उपचार बक्स वितरण

सल्यान, २९ जेठ ।
सल्यानमा महिला स्वास्थ्य स्वयम्सेविकालाई प्राथमिक उपचार बक्स वितरण गरिएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नं ७ मा रहेको कोटबारा स्वास्थ्य चौकी अन्तर्गत रहेका ९ जना महिला स्वास्थ्य स्वयमंसेविकाहरूलाई वडा कार्यालयले प्राथमिक उपचार बक्स वितरण गरेको हो । प्राथमिक उपचार बक्समा १६ प्रकारका औषधि रहेको वडाअध्यक्ष प्रेम डाँगीले जानकारी दिनुभयो ।

टोलवस्तीमा भवितव्य घटना भए वा सानोतिनो घाउचोट लागेको अवस्थामा पनि प्राथमिक उपचारको लागि स्वास्थ्य चौकी जानुपर्ने बाध्यताको अन्त्य गर्न प्राथमिक उपचार बक्स महत्वपुर्ण हुने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस