सल्यान, ३० जेठ ।
युवा मानवअधिकार रक्षक सञ्जाल गठनका लागि सरोकारवालाहरु सँगको छलफल कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार तथा सामाजिक न्याय अभियान अन्र्तगत रोयम नेपालको आयोजनामा मंगलबार सल्यानको सदरमुकाम खलंगामा जिल्ला स्तरीय छलफल सम्पन्न भएको हो । छलफलमा मानवअधिकारको दायरालाई फराकिलो बनाउदैँ युवा अधिकारकर्मी तयार पारि अघि बढ्नसके मानवअधिकारको प्रत्याभूति गराउन केही सहज हुने अपेक्षा सरोकारवालाले गरेका छन् ।
मानवअधिकार उलंघन तथा ज्यादतीका घटनामा कमी ल्याउदैँ मानवअधिकारको क्षेत्रमा क्रियाशिल भएर पैरवी, वकालत, सचेतीकरणका कार्य गर्न युवा रक्षक सञ्जाल गठन गरिने कर्णाली प्रदेश संयोजक सन्तोष बिकले जानकारी दिनुभयो । छलफलमा जिल्ला स्तरीय रक्षक सञ्जालमा रहनसक्ने सम्भावित व्यक्ति र क्षेत्रको पहिचान गरिएको छ ।