सल्यान, १३ असार ।
सल्यानको सिद्ध कुमाख गाउँपालिकाले कृषक हरुलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरेको छ।
बुधबार गाउँपालिका भित्रका ९जना कृषकलाई मिनिटिलर वितरण गरिएको हो । ६४ हजार पर्ने मिनिटिलर पालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ।
पालिकाको चालु आर्थिक वर्षको कृषि यान्त्रीकरण वितरण कार्यक्रम अनुसार पालिका भित्रका विभिन्न फर्म तथा समुहमा आवद्ध १६जना कृषकहरुले आवेदन दिएका थिए आवेदन दिएका मध्ये ९जनाले मिनिटिलर पाएको निमित्त कृषि शाखा प्रमुख तिला रेउले बताउनुभयो ।
आवेदनाका आधारमा व्यासवसायीक रुपामा कृषि गरिरहेका तथा पहिले नपाएकाहरुलाई छनोट गरेर ९ जना कृषकलाई मिनि टिलर वितरण गरिएको उहाँको भनाई छ।
बजारमा न्यूनतम ६४ हजार पर्ने मिनिटिलर पालिकासँगको सहकार्यमा ३२हजारमै पाउँदा उत्साहित भएको सिद्ध कुमाख गाउँपालिका ३का कृषक टोप बहादुर रेउलेले बताउनुभयो ।
बजारमा ६४ हजार पर्छ भन्थे हामीलाई किन्न पनि समस्या थियो पालिकाले आधा पैसा बेहोर्देको छ हामीलाई निकै सजिलो भयो खुशि लागेको छ उहाँले भन्नुभयो।
गाउँपालिका अध्यक्ष भरत गिरीले मिनि ट्रिलर हस्तान्तरण गर्दै कृषकको उत्पादनमा अभिवृद्धि गर्न र लागत घटाएर कृषकलाई व्यवसायिक बनाई आत्मनिर्भर बनाउनका लागि अनुदानमा उपकरण दिइएको बताउनुभयो ।
हामीले कृषकहरुको उत्पादनमा बृद्धि गर्न ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरेका हौं यसले कृषहरुलाई धेरै समय लगाएर खन जोतो गर्नुपर्ने बाध्यताको अन्त्य हुने छ उहाँले भन्नु भयो ।
परम्परागत कृषिलाई अन्त्य गरेर कृषिलाई आधुनिकिरण गरेर लैजानुपर्नेमा पालिकाको जोड रहेको उहाँको भनाई छ।
यस वर्ष पालिकाले नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विशेष जोड दिएर रैथाने बाली संरक्षण ,च्याउ, तरकारी खेतिमा अनुदान अदुवा खेति सम्बन्धि तालिमसंगै विभिन्न कृषक लक्षित कार्यक्रम समावेश गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताउनुभयो ।