सल्यानको लेखपोखरामा मंगरबार नि:शुल्क बिशेषज्ञ स्वास्थ्य शिविर संचालन हुने

सल्यान, १७ असार ।
सल्यानको लेखपोखरामा बिशेषज्ञ स्वास्थ्य शिविर संचालन हुने भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र छत्रेश्वरी गाउँपालिकाको सहजीकरणमा यही असार १८ गते मंगलबार भोली प्राथमिक स्वास्थ्य केन्द्र, छत्रेश्वरी गाउँपालिका–लेखपोखरा पाखापानीमा एकीकृत जनस्वास्थ्य अभियान तथा बिशेषज्ञ स्वास्थ्य शिविर संचालन हुने हुने भएको हो ।

शिविरमा बिगत लामो समय देखि कार्यरत दक्ष, अनुभबी तथा विशेषज्ञ डाक्टरहरुद्वारा मुटु, पेट, आँखा, दाँत, छाला, नाक, कान, घाँटी, पाठेघर, मानसिक स्वास्थ्य समस्या, हाडजोर्नी, ल्याव सेवाका साथै जुनसुकै रोगका नयाँ तथा पुराना बिरामीहरुको निशुल्क चेकजाँच गरिने स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

स्वास्थ्य शिविर भोली बिहान देखी बेलुकासम्म प्राथमिक स्वास्थ्य केन्द्र पाखापानीमा सञ्चालन हुने छ ।

 

प्रतिक्रिया दिनुहोस