सल्यान, १७ असार ।
सल्यानको सिद्ध कुमाख गाउँपालिकामा आईटि स्रोत शिक्षकहरुको लागि सुचना प्राविधि सम्बन्धि पाँच दिने क्षमता विकास तालिममा सम्पन्न भएको छ।विद्यालयहरुमा सूचना प्रविधिको प्रयोगलाई गुणस्तरीय बनाउनको लागि तालिमको आयोजना गरिएको हो। असार १२ गतेदेखि संचालन भएको तालिमको आईतबार समापन गरिएको छ ।
क्षमता विकास तालिममा सहभागी शिक्षकहरुले सूचना प्रविधि सम्बन्धि तालिमले धेरै ज्ञान प्राप्त भएको बताउदै शैक्षिक गुणस्तरमा परिवर्तन ल्याउन सहयोग पुर्याउने बताएका छन। उनिहरुले सिद्ध कुमाख गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा सूचना प्रविधिका स्रोत साधनहरु पर्याप्त रुपमा नभएकाले उपलब्ध बनाउन पालिकालाई आग्रह समेत गरेका थिए।
तालिम समापन कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख प्रतिभा वलीले आईटि स्रोत शिक्षकहरुलाई सुचना प्राविधिसंग जोडेर शिक्षकहरुको शिक्षण सिकाइमा सहयोग पुर्याउने उदेश्यले सुचना प्राविधि सम्बन्धि क्षमता विकास तालिममाको आयोजना गरिएको बताउनुभयो । पालिकाले शैक्षिक क्षेत्रको विकासका लागि समय समयमा शिक्षकहरुको लागि विभिन्न तालिमको आयोजना गर्देआएको समेत उहाँको भनाई छ । पाँच दिनसम्म संचालन भएको तालिममा गाउँपालिका भित्रका विभिन्न विद्यालयका २३ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।