सल्यानी युवाद्धारा खैराबाङ मन्दिरमा वृक्षारोपण

सल्यान, २१ असार ।
राष्ट्रिय वृक्षारोपण दिवस अभियान २०८१ अन्तर्गत सल्यानी युवाहरुले एक सय वटा बिरुवा रोपेका छन । नेपाल युवा परिषद् र सल्यान दृष्टिकोणको आयोजना तथा शारदा नगरपालिका र शारदा नगरस्तरिय युवायुवती क्लबको सहकार्यमा सल्यानी युवाहरुको सहभागीमा सल्यानको शारदा नगरपालिका–११ मा अवस्थित प्रमुख धार्मिक पर्यटकीय स्थल खैराबाङ मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो ।

वातावरण संरक्षण तर्फ महत्वपूर्ण कदम चाल्ने उद्देश्यसहित असार १४ गते देखि देशव्यापी रुपमा सुरुभएको एक युवा, एक विरुवा अभियान अन्तर्गत सल्यानका युवाहरुले अभियानको अन्तिम दिन शुक्रबार खैराबाङ मन्दिर परिसरमा विभिन्न प्रजातिका एक सय बिरुवा रोपेका हुन् ।

वृक्षारोपण कार्यक्रममा बेल्दै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले शारदा नगरपालिकाले वनजंगल संरक्षण गदै पर्यावरण जोगाउन पर्छ भन्ने उद्धेश्यले प्रत्येक वर्ष पालिका भित्र विभिन्न प्रजातीका विरुवा खरिद गरेर पालिका आफैले रोप्ने देखी कृषकहरुलई पनि वितरण गर्दै आएको बताउनुभयो । उहाँले वृक्षारोपण पालिकाको विशेष अभियानसमेत भएकाले अभियानमा हातेमालो गरेको आयोजक टिम र सल्यानी युवाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

शारदा नगरपालिका– ११का वडा अध्यक्ष राजेश कुमार शर्माले वातावरणको क्षेत्रमा उदाहरणीय सहकार्य भएको र महत्वपुर्ण अभियान आफ्नो वडामा भएकोमा खुशी व्यक्त गर्नुभएको थियो । नेपाल युवा परिषदका सल्यान जिल्ला उपाध्यक्ष विष्णु प्रसाद गौतमले अभियानलाई सफल बनाउन सहयोग गर्ने नगरपालिकालाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रम आगामि वर्षहरुमा पनि आयोजना गरिने बताउनुभयो ।

कार्यक्रममा नेपाल युवा परिषद, सल्यान दृष्टिकोणका पदाधिकारी शारदा नगरपालिकाका जनप्रतिनिधि शारदा नगर स्तरिय युवायुवती क्लबका प्रतिनिधि विभिन्न सङ्घसस्थाका प्रतिनिधिहरु र सुरक्षकर्मिको उपस्थित रहेका थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित