जिल्ला अस्पताल सल्यानमा ‘हार्ट अट्याक’को उपचार

‘यदी परिवारले अस्पतालमा ल्याउन ढिला गरेको भए, अर्को समस्या निम्तन सक्थ्यो, हामीले तत्कालै उपचार थाल्यौँ, सहज भएपछि उहाँहरुलाई नेपालगंज पठायौँ, त्यहा मुटुको नशाको जाँच हुन्छ’ उहाँले भन्नुभयो ‘तत्काल गर्नुपर्ने काम जिल्लामै भयो, बिरामीलाई कुनै क्षति भएन् ।’

सल्यान, २५ असार ।

जिल्ला अस्पताल सल्यानमा हार्ट अट्याकको उपचार गरिएको छ । जिल्लामै पहिलो पटक शारदा नगरपालिकाका ७१ बर्षिय पुरुष र दार्मा गाउँपालिकाका ७५ बर्षिय पुरुषको हार्ट अट्याकको उपचार गरिएको हो । प्रेसर र सुगर बाट पिडित भएका दुई जना जेष्ठ नागरिकलाई एक्कासी देब्रे छाती दुख्ने, सास फेर्न गाह्रो भएपछि तत्काल उपचारको लागि जिल्ला अस्पतालमा ल्याइएको थियो ।

अस्पतालमा मुटुको जाँच गर्दा हार्ट अट्याक भएको पाईएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख, कन्सल्ट्यान्ट फिजिसियन डा. अर्जुन कुमार बुढा मगरले जानकारी दिनुभयो । ‘जिल्ला अस्पतालमा अहिलेसम्म यस्तो प्रकृतिको उपचार गरिएको थिएन्, म आफै फिजिसियन भएकाले ईसिजि गर्दा हार्ट अट्याक भएको देखियो, तत्काल हामीले उहाँलाई औषधि सुरु ग¥यौँ, बिस्तारै छातीको दुखाई कम भयो, सास फेर्न पनि सहज भयो’उहाँले भन्नुभयो ।

उहाँले हार्ट अट्याकको जिल्ला अस्पतालमै औषधि सुरु गरिएको पहिलो पटक भएको बताउनुभयो । ‘यदी परिवारले अस्पतालमा ल्याउन ढिला गरेको भए, अर्को समस्या निम्तन सक्थ्यो, हामीले तत्कालै उपचार थाल्यौँ, सहज भएपछि उहाँहरुलाई नेपालगंज पठायौँ, त्यहा मुटुको नशाको जाँच हुन्छ’ उहाँले भन्नुभयो ‘तत्काल गर्नुपर्ने काम जिल्लामै भयो, बिरामीलाई कुनै क्षति भएन् ।’

डा. बुढा मगरले उमेर बढी भएको, प्रेसर, सुगर भएको, तौल बढी भएको, मोटोपना भएको व्यक्तिमा हार्ट अट्याकको सम्भावना बढी हुने भएकाले छातिको देब्रेभाग एक्कासी दुख्यो भने तत्कालै उपचारका लागि अस्पताल पुग्नुपर्ने बताउनुभयो । ‘यस्तो अवस्थामा आत्तिनु हुदैन्, तर बिरामीलाई हिडाउनु हुदैन्, जतिसक्दो चाँडो अस्पताल लैजानुपर्छ, जिल्ला अस्पतालमै औषधि र फिजिसियन भएकाले तत्काल अर्को जोखिम हुनबाट बचाउन सकिन्छ’ उहाँले भन्नुभयो ।

अव मुटुको हार्ट अट्याकका बिरामीको जिल्ला अस्पतालमै उपचार हुने स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस