कपुरकोटमा कृषि एम्बुलेन्स

शर्माले बजार सञ्चालक समिति र कपुरकोट गाउँपालिकाले आवश्यक कार्यविधि बनाएर एम्बुलेन्स सञ्चालन गरिने बताउनुभयो ।

सल्यान, २७ असार ।

सल्यानको कपुरकोट क्षेत्रमा उत्पादित तरकारीको बजारीकरणमा सहजताको लागि कृषि एम्बुलेन्स सञ्चालन गरिदैँ छ । किसानले उत्पादन गरेको कृषिजन्य बस्तु ढुवानी गर्न तथा किसानको पहँुच बजार सम्म पु¥याउनको लागि कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो । आवश्यक कार्यविधि बनाएर यही साउनको पहिलो साता देखी दुई वटा कृषि एम्बुलेन्स सञ्चालन गरिने कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ ।

जसका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सल्यान र कपुरकोट गाउँपालिकाले एक÷एक वटा कृषि एम्बुलेन्स उपलब्ध गराएका हुन् । परियोजना एकाईको ५० प्रतिशत अनुदान र कृषि उपज बजार सञ्चालक समितिको ५० प्रतिशत लागत साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालनका लागि हस्तान्तरण गरिएको परियोजनाका प्रमुख भिम पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ढुवानी साधनमा अनुदान कार्यक्रम अन्तर्गत परियोजनाको १४ लाख ३ हजार ७ सय ५० र समितिको १४ लाख ३ हजार ७ सय ५० गरि २८ लाख ७५ हजार रुपैँयामा ढुवानी साधन खरिद गरि कृषि एम्बुलेन्स सञ्चालनको लागि हस्तान्तरण गरिएको हो । खरिद गरिएको गाडी कृषि उपज बजार सञ्चालक समितिलाई प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले हस्ताणतरण गर्नुभयो । ढुवानी साधन हस्ताणतरण गर्दै रेग्मीले अनुदानको सहि रुपमा सदुपयोग गरि किसानलाई सेवा दिन सुझाव गर्नुभयो ।

कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष तिलक शर्माले बजार सञ्चालक समिति र कपुरकोट गाउँपालिकाले आवश्यक कार्यविधि बनाएर एम्बुलेन्स सञ्चालन गरिने बताउनुभयो । उत्पादित बस्तु खरिदका लागि गाउँपालिकाले पनि पिकप भ्यान खरिद गसिकेकाले यी दुबैलाई कृषि एम्बुलेन्सको रुपमा सञ्चालन भएपछि किसानले उत्पादन गरेको बस्तुलाई सजिलै हाटबजार सम्म पु¥याउन सहज हुने उहाँको भनाइ छ ।

बजारसम्म किसानको पहँँुच बिस्तार भई बारीबाट तरकारी ढुवानी गरि हाटबजार स्थलसम्म पु¥याउन र देशका ठुला शहरमा समेत तरकारी ढुवान गर्न सजिलो हुने उहाँले बताउनुभयो । बेमौसमी तरकारी उत्पादनले प्रख्यात क्षेत्र कपुरकोटमा मात्रै करिब ३२ सय किसान तरकारी खेतीमा आवद्ध छन् । यस सिजनको हालसम्म मात्रै करिब १० करोड रुपैँया बढीको ताजा तरकारी बिक्री भैसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित