बाख्राको मासु खाँदा गाउँभरी रेविजको त्रास

‘बाख्रा यस्तो होला भन्ने नै थाहा थिएन्, हामीले त मासु ल्यायौँ, खायौँ, पछि पो थाहा भयो कि बाख्रा बिरामी थियो भनेर’ रेविज विरुद्धको खोप लगाउन जिल्ला अस्पताल सल्यानमा ६ जनाको परिवार सहित आउनुभएका उहाँले भन्नुभयो ‘बाख्राको मालिकले भन्नुपर्छ नि, हामीले अनायसै दुःख पायौँ, एउटै समाजमा बसेर यस्तो गर्नु त राम्रो होइन् ।’

सल्यान, ३ साउन ।
सल्यानमा बौलाहा कुकुरको आतंक बढेको छ । जिल्लाको सदरमुकाम खलंगा र श्रीगरका विभिन्न स्थानमा बौलाहा कुकुरले टोकेर ५ जनालाई घाइते बनाएको दुई साता नवित्दै जिल्लाको सिद्ध कुमाख गाउँपालिका–५ माझखर्कमा बौलाहा कुकुरको टोकाइबाट सर्ने रेविज रोगको जोखिम बढेको छ । जसका कारण माझखर्क गाउँभरीकै नागरिक त्रसित बनेका छन् ।

केही साताअघि माझखर्कमा बौलाहा कुकुर भेटियो । त्यसले स्थानिय २ जना, एक वटा कुकुर र एक वटा बाख्रालाई टोकेर घाइते बनाएको थियो । तीमध्ये २ जना स्थानियले रेविज विरुद्धको खोप लगाए । घाइते कुकुरको केही दिनमा मृत्यु भयो । कुकुरले नै टोकेर घाइते बनाएको स्थानिय मेवालाल रोकाको बाख्रा पनि विरामी भयो तर सन्चो भएन् ।

असार ३१ गते बौहाला कुकुरको टोकाइबाट घाइते भई बिरामी भएको बाख्रालाई बाख्रा धनीको सल्लाह बमोजिम स्थानियले काटे । कतिले मासु खाए । कतिले पकाएर खाने तयारी गर्दै थिए । तर त्यो बाख्रा बौहाला कुकुरको टोकाइबाट घाइते भई बिरामी परेको हो भन्ने सुचना पाए । त्यसपछि गाउँभरीमा नै फैलियो त्रास ।

बाख्राको मासु १६ केजी भएको र गाउँभरीका १३ भन्दाबढी परिवारले किनेर लिएका थिए । गाउँका ३५ जना बढी व्यक्तिले मासु खाए । बाख्राको मासु खाएका सबैमा रेविज हुनसक्ने भन्दै गाउँभरी नै त्रास बढेको छ । स्थानिय लोक बहादुर रोकाले आफुले थाहा नै नपाएर बाख्राको मासु खाएको बताउनुभयो । ‘बौहाला कुकुरले कान टोकेको रहिछ, त्यो बेला देखी बाख्रा विरामी रहिछ, मलाई थाहा नै भएन, छिमेकीकोमा गएको बेला मैले पनि मासु खाए’ उहाँले भन्नुभयो ।

स्थानिय प्रकाश रेउले सोही बाख्राको २ किलो मासु किनेर घरमा लिनुभयो । अनि ६ जनाको परिवारले पकाएर खानुभयो । ‘बाख्रा यस्तो होला भन्ने नै थाहा थिएन्, हामीले त मासु ल्यायौँ, खायौँ, पछि पो थाहा भयो कि बाख्रा बिरामी थियो भनेर’ रेविज विरुद्धको खोप लगाउन जिल्ला अस्पताल सल्यानमा ६ जनाको परिवार सहित आउनुभएका उहाँले भन्नुभयो ‘बाख्राको मालिकले भन्नुपर्छ नि, हामीले अनायसै दुःख पायौँ, एउटै समाजमा बसेर यस्तो गर्नु त राम्रो होइन् ।’

जिल्ला अस्पताल सल्यानमा मासु खाएका २७ जनाले रेविज बिरुद्धको खोप लगाएका छन् । मासु र दूध पकाएर खाएरमा रेविजको जोखिम कम हुने बताइन्छ । तर जोखिम शुन्य बनाउनको लागि खोप लगाइएको उनीहरुको भनाइ छ । जिल्ला अस्पताल सल्यानका डा. शरद धितालले बाख्राको काँचो मासु खाएका ४ जना सहित २७ जनाले रेविज बिरुद्धको खोप लगाएको बताउनुभयो ।

‘यो खोप निशुल्क पाईन्छ, सकेसम्म घटना भएको ७२ घण्टा पहिल्यै रेविज विरुद्धको खोप लगाउनुपर्छ, खोप हप्तामा ३ पटक लगाउनुपर्छ, जसमा पहिलो मात्रा लगाएपछि तेस्रो दिनमा दोस्रो खोप र सातौ दिनमा तेस्रो खोप लगाउनुपर्छ’ उहाँले भन्नुभयो ‘रेविज लागेको कुकुर वा अन्य पशुले टोक्न बित्तिकै लक्षण देखा पर्दैन् ।’ रेबिज रोगको शतप्रतिशत रोकथाम सम्भव छ तर रोकथाममा हेल्चेक्र्याइ ग¥यो भने यो रोग शतप्रतिशत प्राणघातक पनि हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित