सल्यानमा पुरानो घरको छानो मर्मत गर्ने क्रममा खसेर एक जनाको मृत्यु

फाइल फोटो

सल्यान, ३ साउन ।
सल्यानमा घरको छानो मर्मतको क्रममा छानोबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका–१० मोख्लाका खुमराज गिरीको पुरानो घरको छानो मर्मत गर्ने क्रममा बागचौर नगरपालिका–१० भाटभिटेका ५२ बर्षिय तुलसीराम बुढाथोकी घरको छानोबाट खसेर घाइते भई थप उपचारको लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गिरीको पुरानो घरको छानो मर्मत गर्ने क्रममा बुधबार दिउँसो छानोबाट खसेर गम्भिर घाइते भएका बुढाथोकीलाई कर्णाली अस्पताल श्रीनगरमा सामान्य उपचार पछि थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएकोमा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी, प्रहरी निरिक्षक रेशम बहादुर खत्रीले जानकारी दिनुभयो ।

शवको बिहीबार जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम पश्चात आफन्तले बुझेर लगेका छन् ।

प्रतिक्रिया दिनुहोस