सल्यान, १२ साउन ।
माद्यामिक शिक्षा परिक्षा (एसईई) कोे ग्रेडबृद्धिको परिक्षामा सल्यानबाट २ हजार ३ सय ३ जना बिद्यार्थी सहभागि हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई सल्यानले यस पटकको ग्रेडबृद्धि परिक्षामा जिल्लाभरका ७ वटा परिक्षा केन्द्रबाट २ हजार ३ सय ३ जना बिद्यार्थी सहभागि हुने जनाएको हो । ग्रेडबृद्धि परिक्षा यही साउन २३ गतेबाट सुरु हुदैँ छ ।
परिक्षाका लागि जिल्लाभर ७ वटा परिक्षा केन्द्र तय भएका छन् । जसमा त्रिभुवन जन माद्यामिक बिद्यालय लुहापिङबाट ८ वटा माद्यामिक बिद्यालय र सबै प्राविधिक धारका गरेर ३ सय ७२ जना परिक्षामा सहभागि हुदैँ छन् । यस्तै शिवजन माद्यामिक बिद्यालय शितलपाटीमा २२ वटा माद्यामिक बिद्यालयका ३ सय ३५ जना बिद्यार्थीले ग्रेडबृद्धिको परिक्षा दिदैँ छन् ।
यस्तै जनकल्याण माद्यामिक बिद्यालय थारमारेमा १९ वटा माद्यामिक बिद्यालयका ३ सय २६ जना, बन्गाड क्याम्पस बन्गाडमा ८ वटा माद्यामिक बिद्यालयका ४ सय २६ जना, शारदा माद्यामिक बिद्यालय शंखमुलमा १३ वटा माद्यामिक बिद्यालयका ४ सय १४ जना, जनता माद्यामिक बिद्यालय रागेचौरमा ११ वटा माद्यामिक बिद्यालयका २ सय २६ जना र जनता माद्यामिक बिद्यालय काभ्रामा ७ वटा माद्यामिक बिद्यालयका २ सय ४ जना बिद्यार्थीले ग्रेडबृद्धिको परिक्षा दिदैँ छन् ।
शिक्षा विकास तथा समन्वय इकाईका सुचना अधिकारी कपिल कुमार जोशीले ग्रेडबृद्धि परिक्षाका लागि आवश्यक तयारी भैरहेको बताउनुभयो । जिल्लाका ८२ वटा सामुदायिक र ८ वटा संस्थागत गरेर जम्मा ९० वटा विद्यालयका ४ हजार ५ सय ८२ जना विद्यार्थीले एसईई परिक्षा दिएका थिए ।