सल्यान, १४ साउन ।
शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने दायित्व शिक्षक र बिद्यार्थीको मात्रै नभएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । शिक्षकले पढाएनन् र बिद्यार्थीले नपढेकै कारण शैक्षिक गुणस्तरमा सुधार नआएको भ्रम समाजमा अझै रहेकाले यसमा सबै क्षेत्र जिम्मेवार ढंगबाट लाग्नुपर्ने वक्ताहरुले बताएका छन् । दोष सबै शिक्षक र बिद्यार्थीलाई थुपारेर अभिभावक, बिद्यालय व्यवस्थापन समिति, शिक्षा सम्बन्धि सरोकारवाला र राज्य पन्छिन नहुने उनीहरुको भनाइ छ ।
किर्डाक नेपालद्धारा सञ्चालित युएसएआइडीको समतामूलक र समावेशी शिक्षा कार्यक्रमको बालअधिकार र स्रोतमा पहुँच बिषयक आइतवार सल्यानको श्रीनगरमा सम्पन्न कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले शिक्षा क्षेत्रमा देखिएको राजनिति पुर्णरुपमा अन्त्य गरिनुपर्ने बताउनुभयो ।
‘नगर भित्रका बिद्यालयमा कार्यरत शिक्षकहरुले राजनितिक दलको सदस्यता त्याग गरिसक्नुभएको छ, यदी कोही शिक्षक राजनितिक गन्ध आउने गरेर शिक्षामा राजनितिक गरेको भए भन्नुहोला, हामी कारवाही गर्न तयार छौँ, शिक्षा क्षेत्रलाई सुधार गर्दै ज्ञानआर्जन गर्ने पवित्र क्षेत्रका रुपमा विकास गर्न चाहान्छौँ’ उहाँले भन्नुभयो ‘सिक्ने मात्रै नभएर बिक्ने जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।’ बिद्यालयको पहुँच बाहिरका सबै बालबालिकालाई अनिवार्य र निशुल्क शिक्षाको पहुँचमा ल्याउने उहाँको भनाइ छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बिद्यालय शिक्षालाई स्वार्थमा राख्न नहुने बताउनुभयो । ‘शिक्षा क्षेत्रमा गरेको लगानीको नतिजा तत्काल देखिदैन्, अहिले गरेको लगानी १०/१५ बर्षपछि देखिन्छ, त्यसैले लगानी गर्न छोड्नु हुदैन्, किनकी बालबालिका भबिष्यका कर्णधार हुन्’ उहाँले भन्नुभयो ‘अभिभावक शिक्षासँगै शैक्षिक जागरणका अभियान सञ्चालन गर्न आवश्यक छ ।’
शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख लिलाधर बबालले शिक्षाको बृहत्तर विकासका लागि थुप्रै काम गरिएको बताउनुभयो । ‘संरचना निर्माण, बसाई व्यवस्थापन, दिवा खाजा, बिद्यालय नर्स, खेलमैदान लगाएतका थुप्रै क्षेत्रमा लगानी गर्दै आएका छौँ’ उहाँले भन्नुभयो ‘बालबालिकाले बिचैमा कक्षा छोड्ने कार्यलाई रोक्नका लागि अभिभावक शिक्षा सञ्चालन गरेका छौँ, बाहिरी ज्ञान हाशिल गर्न अतिथि कक्षा सञ्चालनको योजनामा छौँ ।’
स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले स्वस्थ्य बालबालिकामात्रै पठनपाठनका कार्यमा नियमित सरिक हुनसक्ने भएकाले बालकालिकालाई तन्दुरुस्त बनाउने र आनीबानीमा सुधार गर्ने गरि स्वास्थ्य सचेतीकरणका कार्य सञ्चालन भैरहेको बताउनुभयो । महिला तथा बालबालिका शाखा प्रमुख संगिता बबालले बालविवाह अन्त्य सँगै किशोरावस्थामा आउने शारिरीक परिवर्तनका बारेमा सचेतकीरण गर्ने, सहीबाटोमा हिड्न मार्ग प्रशस्त गर्ने गरि बालबालिकाको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
कार्यक्रममा स्थानिय सरकार, समतामूलक र समावेशी संयोजक दिपेन्द्र शाहीले शारदा नगरपालिका भित्रका ८६ जना बालबालिका बिद्यालय बाहिर रहेको बताउनुभएको छ । ‘हामीले वडास्तरमा पुगेर सर्वेक्षण गर्दा यो बर्षमात्रै ८६ बालबालिका बिद्यालय बाहिर रहेको पाईएको छ, योविचमा ५ जना बालबालिका बिद्यालय भर्ना भएका छन्’ उहाँले भन्नुभयो ‘अनिवार्य र निशुल्क शिक्षाको पहुँचबाट बालबालिका कसरी छुटेका हुन् ? यसबारेमा विस्तृत अध्ययन गर्छौ, बिद्यालय उमेरका सबै बालबालिकालाई बिद्यालयको पहुँचमा ल्याउने स्थानिय सरकारसँग साझेदारी गरेर काम गर्छौ ।’
नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीले सहजीकरण गर्नु भएको कार्यक्रममा शिक्षक, बिद्यार्थी, पत्रकार लगाएत सरोकारवालाको सहभागिता रहेको थियो ।