अपराजित ‘सुरेश अधिकारी’ को मेयर हुदैँ मन्त्रीको यात्रा..

२०७९ सालको स्थानिय तहको निर्वाचनमा पुनः शारदा नगरपालिकाको मेयरमै लड्ने चाहाना व्यक्त गरेका अधिकारीलाई पार्टी नेतृत्वले टिकट दिएन् । मेयरको रिङबाट बाहिरीएका अधिकारी २०७९ सालकै प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सांसदको दौडमा लाग्नुभयो । अन्ततः पार्टीपंतिले अधिकारीलाई सांसदको टिकट थमाइदियो । मेयर र पार्टी सभापतिमा निर्वाचित भएर अपराजित यात्रा तय गरेका अधिकारी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त उम्मेदवारको रुपमा खडाभईं प्रदेश सांसदमा निर्वाचित हुनुभयो । सांसद भएको करिब डेढ बर्षपछि अधिकारीले कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

सल्यान, २० साउन ।
कर्णाली प्रदेश सरकारले पुर्णता पाएको छ । मुख्यमन्त्री यामलाल कडेँलले नेपाली काँग्रेसका चार सांसदलाई मन्त्रीमा नियुक्त गरेपछि आईतवार मन्त्रिपरिषदले पुर्णता पाएको हो । प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरूले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाउनुभयो । जसमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी मन्त्री बन्नुभएको छ ।

कांग्रेसबाट मन्त्री भएकामध्ये तीन जना संस्थापन पक्षधर हुन् भने अधिकारी शेखर कोइराला पक्षधर हुन् । ८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ । जसमा मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता कँडेल, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह हुनुहुन्छ ।

यस्तै यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेलले आफैसँग राखेर भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विकलाई नियुक्त गर्नुभएको थियो । कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिदैँ हुनुहुन्छ ।

 

Photo : Shraban Devkota

मेयर हुदैँ मन्त्री बने सुरेश

नेपाली काँग्रेस सल्यानको राजनितिमा अपराजित यात्रा तय गर्दै सल्यान प्रदेशसभा ख बाट निर्वाचित अधिकारी मन्त्री बन्नुभएको छ । २०७९ सालको प्रदेशसभा निर्वाचन सम्पन्न भएपछिकै मन्त्रीपरिषद्मा मन्त्री बन्ने चर्चा पाएका अधिकारी नेकपा एमाले र नेपाली काँग्रेसको संयुक्त प्रदेश सरकारमा मन्त्री बन्नुभएको हो ।

बि.सं. २०२५ साल माघ १४ गते बुवा सोमराज अधिकारी र आमा ज्ञानुदेवि अधिकारीको कोखबाट माइलो सन्तानको रुपमा जन्मनुभएका उहाँ बिद्यार्थीकाल देखी नै राजनितिमा सक्रिय हुनुहुन्थ्यो । बिद्यालय तहमा अध्ययन गर्दा देखी नै अधिकारीले समाजसेवा र राजनितिमा दख्खल राख्नुहुन्थ्यो ।

राजनितिको सुरुवाती चरणमा २०४७ सालमा ७ दिनको हिरासत यात्रा तय गर्नुभएका अधिकारी २०४९ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भई सक्रिय राजनितिको थालनी गर्नुभएको थियो । उहाँ २०५१ सालमा सल्यान बहुमुखी क्याम्पसको संस्थापक स्ववियु सभापति बन्नुभयो । राजनिति र समाजसेवा दुबैलाई एकसाथ अघि बढाउनुभएका अधिकारीले २०५३ सालमा जिल्ला विकास समिति सल्यानमा सेवा आरम्भ गर्नुभयो ।

दशौँ बर्षसम्म सुब्बा देखी बरिष्ठ कार्यक्रम संयोजक सातौँ तह सम्म रहि सल्यानी जनताको सेवामा खटिनुभएका उहाँ पार्टी निकट कर्मचारी संघ सल्यानको जिल्ला सभापति बन्नुभयो । सरकारी सेवामा कार्यरत रहेकै बेलामा २०७४ सालको स्थानिय तहको निर्वाचनमा अधिकारीले सरकारी जागिर छोडेर नेपाली काँग्रेसको तर्फबाट शारदा नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नुभयो ।

ब्यक्तिगत लगाव, सामाजिक सम्बन्ध र सिंगो पार्टीको साथ र सहयोगमा उहाँ अत्यधिक मतका साथ शारदा नगरपालिकाको मेयरमा निर्वाचित हुनुभयो । नेपाली काँग्रेसको १४ औँ महाधिबेशनमा सल्यान जिल्ला प्रदेशसभा ख को सभापतिमा अधिकारी निर्वाचित हुनुभयो ।

लगनशिल, अनुशासित र आमनागरिकले रुचाइएका अधिकारी थप राजनितिमा सक्रिय भएर लाग्नुभयो । २०७९ सालको स्थानिय तहको निर्वाचनमा पुनः शारदा नगरपालिकाको मेयरमै लड्ने चाहाना व्यक्त गरेका अधिकारीलाई पार्टी नेतृत्वले टिकट दिएन् । मेयरको रिङबाट बाहिरीएका अधिकारी २०७९ सालकै प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सांसदको दौडमा लाग्नुभयो ।

अन्ततः पार्टीपंतिले अधिकारीलाई सांसदको टिकट थमाइदियो । मेयर र पार्टी सभापतिमा निर्वाचित भएर अपराजित यात्रा तय गरेका अधिकारी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त उम्मेदवारको रुपमा खडाभईं प्रदेश सांसदमा निर्वाचित हुनुभयो ।

सांसद भएको करिब डेढ बर्षपछि अधिकारीले कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यसअघि सल्यानबाटै प्रत्यक्ष निर्वाचित संघिय सांसद प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री र प्रदेशसभा क का सांसद भिम प्रकाश शर्मा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बन्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस