सल्यान, ५ भदौँ ।
लोक तथा दोहोरी गायक भागीरथ चलाउनेको अर्को तीज गित सार्वजनिक भएको छ । लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल र सधै मौलिक गीतसंगीतको पछि हिड्ने गायक भागीरथ चलाउनेका यो बर्ष मात्रै तीन वटा तीज गीत बजारमा आएका छन् । पछिल्लो समय चलाउनेका तीज गीतहरू बजारमा निकै चर्चामा छन् ।
करोडौं क्लबमा पर्न सफल झम–झम झम्काना चलाउनेको बहुचर्चित तीज गीत हो । थोपडाले धोका दियो बरिलै, मायाले त होला, मलाई एउटा सिफारिस मिलाईदेउ पनि चर्चित तीज गीतको सुचिमा पर्छन् । पछिल्लो समय चलाउनेले बजारमा ल्याएको पाउँदिन म छोरी गितले धेरैको प्रशंसा पाएको छ । यस गीतले समाजमा रहेको लैङ्गिक विभेदको विषयलाई उठान गरेको छ ।
गीतमा भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ । गीतको सिर्जना चलाउने आफैंले गर्नुभएको हो । विनोद बाजुरालीले संगीत संयोजन गरेको यो गीतको निर्देशन लोमश शर्माले गर्नुभएको छ । लोमश शर्मा र स्मारिका ढकालसहित अन्य कलाकारहरूले गीतमा अभिनय गरेका छन् ।
यसअघि उहाँले बिहे अघि दिन्न बरिलैँ, गुलेलीले जुरेलीलाई बोलका तीज गित सार्वजनिक गरिसक्नुभएको छ ।
भिडियो हेर्नुहोस् :